Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

क्षतिग्रस्त सवारी पुनः आयातमा भन्सार छुट, नाडाले भन्यो– व्यवसायीलाई ठूलो राहत

क्षतिग्रस्त सवारी पुनः आयातमा भन्सार छुट, नाडाले भन्यो– व्यवसायीलाई ठूलो राहत
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल सरकारले भोटेकोशी बाढीबाट प्रभावित उद्योग, व्यापार तथा व्यवसायको पुनरुत्थानका लागि घोषणा गरेको प्याकेजलाई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले स्वागत गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

सरकारले शुक्रबार बाढी प्रभावित निजी क्षेत्रलाई लक्षित गर्दै भन्सार तथा कर छुट, कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण, ब्याजदरमा सहुलियत, थप कर्जाको व्यवस्था र बीमा दाबी भुक्तानी सहज बनाउने निर्णय गर्दै पहिलो चरणको प्याकेज घोषणा गरेको थियो। नाडाका अनुसार बाढीबाट पूर्णरूपमा क्षतिग्रस्त वा बगाएर हराएका व्यावसायिक सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः आयात गर्दा भन्सार महसुल छुट दिने व्यवस्था अटोमोबाइल तथा ढुवानी व्यवसायीका लागि महत्वपूर्ण राहत हो।

त्यस्तै, क्षतिग्रस्त मेशिनरी तथा उपकरण पुनः आयातमा दिइएको सहुलियत, बाढी प्रभावित ऋणीलाई कर्जा पुनर्संरचना तथा पुनर्तालिकीकरण र ब्याजमा सहुलियत दिने निर्णयले व्यवसायीमाथिको वित्तीय दबाब कम गर्ने नाडाको भनाइ छ। नाडा अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले विपद्पछि निजी क्षेत्रलाई पुनः उठाउन कर, भन्सार, कर्जा, ब्याज र बीमालाई एकीकृत रूपमा सम्बोधन गर्नु सकारात्मक कदम भएको बताए।

नाडाले सरकारको निर्णय शीघ्र, सरल र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। साथै, वास्तविक क्षतिको अध्ययन गरी आवश्यकताअनुसार दोस्रो चरणको पुनरुत्थान प्याकेज ल्याउन पनि सरकारसँग माग गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit