Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

जेनजी आन्दोलनको वर्षदिन बित्दा पनि सिंहदरबारको अवस्था उस्तै, पुनर्निर्माण सुस्त (तस्बिरहरु)

जेनजी आन्दोलनको वर्षदिन बित्दा पनि सिंहदरबारको अवस्था उस्तै, पुनर्निर्माण सुस्त (तस्बिरहरु)
विज्ञापन
Advertisement

काठमाडौं । गत वर्ष भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको सिंहदरबारमा आन्दोलनको एक वर्ष बितिसक्दा पनि त्यसका निशान मेटिएका छैनन् । क्षतिग्रस्त भवनहरूको पुनर्निर्माण तथा मर्मतसम्भार अपेक्षित गतिमा अघि बढ्न नसक्दा सिंहदरबारको अवस्था अझै उस्तै देखिएको छ ।

विज्ञापन
Advertisement
Advertisement

आन्दोलनका क्रममा सिंहदरबार परिसरका विभिन्न भवन तथा संरचनामा तोडफोड र आगजनी हुँदा ठूलो क्षति पुगेको थियो । आगलागीबाट भवनका भित्री संरचना, झ्यालढोका तथा अन्य भौतिक संरचनामा क्षति पुगेको थियो भने कतिपय स्थानमा तोडफोडका स्पष्ट निशान अझै देखिन्छन् ।

आन्दोलनपछि क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढाइए पनि सबै संरचनाको काम पूरा हुन सकेको छैन । केही स्थानमा सामान्य मर्मतका काम भए पनि ठूलो क्षति भएका भवन तथा संरचनामा पुनर्निर्माणको काम सुस्त देखिएको छ ।

एक वर्ष बितिसक्दा पनि क्षतिग्रस्त संरचनाको पूर्ण पुनर्निर्माण हुन नसक्दा सिंहदरबार परिसरमा आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका दृश्य अझै देख्न सकिन्छ । यसले सरकारी प्रशासनको मुख्य केन्द्रमै भएको क्षतिको अवस्था लामो समयसम्म कायमै रहेको देखाएको छ ।

गत वर्ष भदौ २३ र २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा देशका विभिन्न सरकारी तथा सार्वजनिक संरचनामा तोडफोड र आगजनी भएको थियो । सिंहदरबार पनि आन्दोलनको क्रममा प्रभावित प्रमुख सरकारी संरचनामध्ये एक थियो ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit