Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

मेसीको सम्मानमा अर्जेन्टिनामा हुने सबै खेलको १०औँ मिनेटमा एक मिनेट रोकिने

मेसीको सम्मानमा अर्जेन्टिनामा हुने सबै खेलको १०औँ मिनेटमा एक मिनेट रोकिने
विज्ञापन
Advertisement

काठमाडौं। अर्जेन्टिनाका महान् फुटबलर लियोनल मेसीले राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेपछि उनको सम्मानमा अर्जेन्टिनामा यस सप्ताहन्त हुने सबै फुटबल खेल १०औँ मिनेटमा एक मिनेटका लागि रोकिने भएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

अर्जेन्टिना फुटबल संघ (एएफए) ले पुरुष र महिला दुवै डिभिजन तथा विभिन्न विधाका खेलमा पहिलो हाफको १०औँ मिनेटमा ६० सेकेन्ड ताली बजाएर मेसीको राष्ट्रिय टोलीसँगको योगदानको सम्मान गरिने जनाएको हो । एएफएले रंगशालामा ठूलो स्क्रिनको व्यवस्था भएका स्थानमा खेल सुरु हुनुअघि संघको संस्थागत भिडियोसमेत प्रदर्शन गर्न निर्देशन दिएको छ। १०औँ मिनेटमा गरिने सम्मान मेसीले लामो समय लगाएको चर्चित १० नम्बरको जर्सीप्रति संकेत हो ।

३९ वर्षीय मेसीले गत सोमबार राष्ट्रिय टोलीबाट संन्यासको घोषणा गरेका थिए । सन् २००५ मा अर्जेन्टिनाको सिनियर टोलीबाट डेब्यु गरेका उनले राष्ट्रिय टोलीका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । मेसीको राष्ट्रिय टोलीको करियर सुरुवाती वर्षमा भने निराशाजनक रह्यो । उनले सन् २०१४ को विश्वकप फाइनलमा जर्मनीसँग पराजय बेहोरेका थिए भने सन् २०१६ को कोपा अमेरिका फाइनलमा चिलीसँग हार व्यहोरेका थिए । तर सन् २०२१ मा कोपा अमेरिका जित्दै उनले अर्जेन्टिनालाई २८ वर्षपछि प्रमुख अन्तर्राष्ट्रिय उपाधि दिलाए ।

त्यसपछि सन् २०२२ को कतार विश्वकपमा अर्जेन्टिनालाई विश्व च्याम्पियन बनाउँदै आफ्नो करियरको सबैभन्दा ठूलो सफलता हात पारे । फ्रान्सविरुद्धको विश्वकप फाइनलमा मेसीले दुई गोल गरेका थिए। अतिरिक्त समयपछि खेल ३–३ को बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उनले गोल गरे । अर्जेन्टिनाले पेनाल्टीमा ४–२ को जित निकाल्दै विश्वकप उचालेको थियो ।

त्यसपछि अर्जेन्टिनाले सन् २०२४ मा कोपा अमेरिका उपाधि रक्षा गर्दै मेसीको नेतृत्वमा अर्को ठूलो अन्तर्राष्ट्रिय सफलता हासिल ग¥यो । मेसीको विश्वकप यात्रा सन् २००६ देखि २०२६ सम्मका छ संस्करणसम्म फैलिएको थियो । उनले विश्वकपमा ३४ खेलबाट २१ गोल गरेका छन् । सन् २०२६ को विश्वकपमा उनले आठ गोल र चार असिस्ट गरेका थिए । सोही प्रतियोगितामा उनले अल्जेरियाविरुद्ध पहिलो विश्वकप ह्याट्रिकसमेत गरेका थिए। आठपटक बालोन डी’ओर जितिसकेका मेसीले राष्ट्रिय टोलीबाट संन्यास लिए पनि क्लब फुटबल भने जारी राख्नेछन्। उनी अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीबाट खेलिरहेका छन् ।

यसैबीच, मेसीले सामाजिक सञ्जालमार्फत राष्ट्रिय टोलीबाट बिदा हुने निर्णय आफ्नो आत्माका लागि पीडादायी भए पनि यो सही समय भएको बताएका छन् । उनले अर्जेन्टिनाको जर्सीका लागि आफूले सधैँ सबै कुरा दिएको र देशवासीलाई खुसी तथा गौरवान्वित बनाउने प्रयास गरेको बताएका छन् । एएनआई

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit