काठमाडौं। रसुवा बाढीका कारण हालसम्म १ हजार ३४१ जनाको मृत्यु भएको छ भने ४ हजार ९९६ जना अझै सम्पर्कविहीन रहेका छन्। बाढीमा परी १३ हजार १०४ जनाको जीवितै उद्धार गरिएको छ।
बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। तीमध्ये ९८ वटा शवको सनाखत गरी आफन्तलाई बुझाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। सबैभन्दा बढी चितवनमा ३६२, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२०, नुवाकोटमा १९५ र रसुवामा १६३ जनाको मृत्यु भएको छ। यस्तै गोरखामा ७४, धादिङमा ६७ र तनहुँमा ३८ जनाको मृत्यु भएको छ।
विपद्मा परी घाइते भएका ६ हजार ७५ जनाको उपचार गरिएको छ भने उद्धार तथा राहतका लागि २१ हजार ४६५ सुरक्षाकर्मी परिचालन गरिएको छ।















प्रतिक्रिया दिनुहोस्