Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप

भरतपुर–काठमाडौं उडानमा यात्रुको उच्च चाप
विज्ञापन
Advertisement

चितवन ।पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई यात्रुको चाप बढेको छ । यात्रुको चाप बढेसँगै भरतपुरबाट उडान दोब्बरभन्दा बढी गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन् । बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएकोमा सडक असहज बनेसँगै सङ्ख्या बढाएर ११ वटासम्म पु¥याइएको छ । दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको उनले जानकारी दिए।

यहाँबाट काठमाडौँ आवतजावत गर्ने ‘एटिआर ७२’ जहाज हो । यसले काठमाडौँबाट आउँदा ६५ देखि ७० र यहाँबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गर्दछ । क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन ।

कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ । वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेको उनले बताए ।

यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाट समेत यात्रु आउने गर्दछन् । एयरलायन्सले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरेको जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit