Advertisement
Advertisement
Corporate Samachar
२२ भाद्र २०८३, सोमबार
Advertisement

नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश

नबिल बैंकले प्रस्ताव गर्‍यो १५.८० प्रतिशत लाभांश
विज्ञापन
Advertisement

काठमाडौं । नबिल बैंक लिमिटेडले आर्थिक वर्ष २०८२-०८३ को वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीलाई कुल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको सञ्चालक समितिको ७१२औं बैठकले साधारण शेयरतर्फ ५ प्रतिशत बोनस शेयर र १०.८० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावअनुसार ५ प्रतिशत बोनस शेयरका लागि १ अर्ब ३५ करोड २८ लाख ४९ हजार ८३६ रुपैयाँ ४६ पैसा बराबरको रकम छुट्याइएको छ। त्यस्तै, १०.८०५ प्रतिशत नगद लाभांशका लागि  २ अर्ब ९२ करोड २१ लाख ५५ हजार ६४६ रुपैयाँ ७६ पैसा बराबरको रकम प्रस्ताव गरिएको छ। उक्त रकममा बोनस शेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको बैंकले जनाएको छ।

त्यसैगरी, बैंकले ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार शेयरतर्फ चुक्ता पुँजीको ८ प्रतिशतका दरले रु। २३ करोड ३४ लाख २४ हजार ६५७ रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। उक्त लाभांश आर्थिक वर्ष २०८२र८३ मा बाँडफाँडको मितिबाट समानुपातिक रूपमा २१३ दिनका लागि गणना गरिएको र करसमेत समावेश रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार अग्राधिकार शेयरतर्फको चुक्ता पुँजी  ५ अर्ब रहेको छ भने साधारण शेयरतर्फको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ७२९ रुपैयाँ २६ पैसा रहेको छ।

आर्थिक वर्ष २०८२-०८३ मा बैंकले हासिल गरेको वित्तीय नतिजा तथा दिगो व्यावसायिक वृद्धिको आधारमा शेयरधनीलाई उचित प्रतिफल प्रदान गर्ने उद्देश्यले लाभांश प्रस्ताव गरिएको बैंकले जनाएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit