Advertisement
Advertisement
Corporate Samachar
९ कार्तिक २०८३, आईतवार
Advertisement
Advertisement

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि

आईआईएफटीकी छात्रा आइस्ता जोशीले जितिन् ‘फेस अफ नेपाल २०२६’ को उपाधि
विज्ञापन
Advertisement

काठमाडौं । आईआईएफटी स्कुल अफ फेसन एन्ड इन्टेरियर डिजाइनकी छात्रा आइस्ता जोशीले ‘फेस अफ नेपाल २०२६’ को उपाधि जितेकी छन्। एमएस प्रोडक्सनले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै जोशीले उपाधि हात पारेकी हुन्।

विज्ञापन
Advertisement
Advertisement

प्रतियोगितामा सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले पनि शीर्ष उपाधि जित्दै सफलता हासिल गरेका छन्। उपाधिसँगै आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङले दक्षिण कोरियामा आयोजना हुने एसिया मोडल फेस्टिभलमा नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने अवसरसमेत प्राप्त गरेका छन्।

जोशीको यो सफलता नेपाली फेसन तथा मोडलिङ क्षेत्रसँगै आईआईएफटीका लागि पनि गौरवको विषय बनेको संस्थाको भनाइ छ। प्रतियोगिताको अन्तिम चरणमा आईआईएफटीमा अध्ययनरत फेसन डिजाइनका विद्यार्थीहरूले तयार पारेका टक्सिडो तथा प्रतियोगितात्मक गाउनमा सम्पूर्ण प्रतियोगीहरू प्रतिस्पर्धामा सहभागी भएका थिए। यसले प्रतियोगितामा आईआईएफटीका विद्यार्थी डिजाइनरहरूको सिर्जनात्मकता, सीप तथा व्यावसायिक क्षमतासमेत प्रस्तुत गरेको थियो।

प्रतियोगिताका लागि पोशाक तयार गर्ने आईआईएफटीका विद्यार्थी डिजाइनरहरूमा अस्मिता सार्की, सीमा गोतामे, शोनु लिम्बू, करिश्मा बुच्चा मगर, बिमला कुटु, आकृति योगल श्रेष्ठ, मीना सारु, सरिता कुमारी चौधरी, आस्था थापा मगर, सरिता थापा, स्मृति खवास, शानु शर्मा, ईशा चौधरी, रेजिना श्रेष्ठ, प्रमिला श्रेष्ठ, राधिका महर्जन, शोभा थापा मगर, प्रेशा थापा र मनु रोकाया रहेका छन्।

आईआईएफटीले ‘फेस अफ नेपाल २०२६’ का विजेता आइस्ता जोशी, सुमन श्रेष्ठ, अनिशा श्रेष्ठ र जीओन तामाङसहित प्रतियोगितामा सिर्जनात्मक योगदान पुर्‍याउने सम्पूर्ण विद्यार्थी डिजाइनरहरूको प्रतिभा र मेहनतको प्रशंसा गरेको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit