Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द

खराब मौसमले हवाई उडान प्रभावित, भरतपुर र तुम्लिङटार विमानस्थल बन्द
विज्ञापन
Advertisement

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका विभिन्न स्थानमा हवाई उडान प्रभावित भएका छन्। पर्याप्त भिजिबिलिटी नहुँदा चितवनको भरतपुर र संखुवासभाको तुम्लिङटार विमानस्थलबाट आज उडान सञ्चालन हुन सकेका छैनन्।

विज्ञापन
Advertisement
Advertisement

विमानस्थल कार्यालयका अनुसार दुवै विमानस्थल क्षेत्रमा मौसम अनुकूल नभएकाले नियमित उडान सञ्चालन गर्न समस्या भएको हो। यसैबीच, पोखरा विमानस्थलमा भने भिजिबिलिटी क्रमशः सुधार हुँदै गएको छ। आवश्यक भिजिबिलिटी पुगेपछि उडान सञ्चालन गर्ने तयारी भइरहेको विमानस्थल कार्यालयले जनाएको छ।

खराब मौसमका कारण आजका लागि तय गरिएका माउन्टेन फ्लाइटकासमेत उडानहरु सञ्चालन हुन सकेका छैनन्। मौसममा सुधार आएपछि नियमित उडान सुचारु गरिने विमानस्थलहरूले जनाएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit