Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

हिम्लुङ हिमालमा हिमपहिरो: दुई जनाको शव भेटियो, सम्पर्कविहीनको खोजी जारी

हिम्लुङ हिमालमा हिमपहिरो: दुई जनाको शव भेटियो, सम्पर्कविहीनको खोजी जारी
विज्ञापन
Advertisement

काठमाडौं । मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिम्लुङ हिमालको बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको छ। घटनास्थलबाट दुई जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

विज्ञापन
Advertisement
Advertisement

आइतबार हिमपहिरो गएपछि सम्पर्कविहीन भएकाहरूको खोजी तथा उद्धार कार्य सोमबार बिहानैदेखि तीव्र पारिएको छ। सम्भावित क्षेत्रमा हेलिकोप्टरबाट खोजी गर्नुका साथै उद्धार टोली घटनास्थलमै पुगेर खोजी गरिरहेको जनाइएको छ। हिम्लुङ हिमाल आरोहणका लागि ९ जना आरोही र उनीहरूका १३ जना आरोहण सहयोगी गरी २२ जना गएको बताइएको छ। तीमध्ये करिब १० जना सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण आए पनि सम्पर्कविहीनको यकिन संख्या भने अझै पुष्टि हुन सकेको छैन।

आइतबार फेला परेका दुई जनाको शव चामेबाट काठमाडौंको शिक्षण अस्पताल, महाराजगञ्जमा राखिएको छ। घटनापछि मनाङ प्रशासनले सुरक्षाकर्मी तथा उद्धार टोली परिचालन गरी सम्पर्कविहीनहरूको खोजी गरिरहेको जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit