Advertisement
Advertisement
Corporate Samachar
२८ आश्विन २०८३, बुधबार
Advertisement
Advertisement

रिज लाइन इनर्जीले प्रस्ताव गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश, साधारणसभा कात्तिकमा

रिज लाइन इनर्जीले प्रस्ताव गर्‍यो १०.५२ प्रतिशत नगद लाभांश, साधारणसभा कात्तिकमा
विज्ञापन
Advertisement

काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि शेयरधनीलाई १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विज्ञापन
Advertisement
Advertisement

कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको उक्त लाभांश रकम १२ करोड ४७ लाख ३६ हजार ८४२ रुपैयाँ ११ पैसा बराबर रहेको जनाइएको छ । प्रस्तावित लाभांश साधारणसभाबाट पारित भएपछि मात्र वितरण हुनेछ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न पाँचौँ वार्षिक साधारणसभा कात्तिक १७ गते ललितपुर महानगरपालिका–१, कुपण्डोलस्थित कुपण्डोल ब्याङ्क्वेटमा आयोजना गर्ने जनाएको छ।

सभामा आर्थिक वर्ष २०८२/८३ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाव तथा नगद प्रवाह विवरणलगायत वित्तीय विवरणमाथि छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ। त्यस्तै, आर्थिक वर्ष २०८३/८४ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा पेस हुनेछ। सहायक कम्पनी स्थापना गर्नेसम्बन्धी सञ्चालक समितिको निर्णय अनुमोदन तथा सर्वसाधारण शेयरधनीको तर्फबाट एक जना सञ्चालक निर्वाचन गर्ने प्रस्तावसमेत रहेको छ।

विशेष प्रस्तावअन्तर्गत आर्थिक वर्ष २०८२/८३ मा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत भएको खर्च अनुमोदन गर्ने तथा अर्थपूर्ण कारोबार र सीमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव छ। त्यसैगरी, धुपौखरी चेपे हाइड्रोपावर लिमिटेडको ऋण कर्जाका लागि राष्ट्रिय वाणिज्य बैंकमा दिइएको संस्थागत जमानत अनुमोदन गर्ने प्रस्ताव पनि सभामा पेस हुने जनाइएको छ। कम्पनीले मेवा खोला जलविद्युत आयोजना १२.५०४ मेगावाटको विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र हस्तान्तरण वा बिक्री गर्ने प्रस्तावसमेत साधारणसभामा लैजाने भएको छ।

साधारणसभा प्रयोजनका लागि असोज २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने प्रस्ताव गरिएको छ। त्यसअनुसार असोज २२ गतेसम्म कारोबार भई कायम रहेका शेयरधनीले साधारणसभामा सहभागीता जनाउन पाउनेछन्।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit