images images images
images images images
images
images
images

सम्हालिदै शेयर बजार, बढ्दै कारोबार

images

काठमाडाैं ।ठुलो अंकको घटेर प्यानिक रहेको शेयर बजार बुधबार बिहिबार सम्हालिएको छ । अघिल्लाे दिन ३९ अंकले बढेर बन्द भएकाे बजार यो दिन नेप्से सूचक ४१.६७ अंकले बढेर २ हजार ६६३.५४ विन्दुमा पुगेको हो । नेप्से सूचक बढेसँगै लगानीकर्ताहरुले नाफा बुक गर्दा कारोबार रकम पनि बढेको छ। औसत दैनिक ४ अर्ब कारोबार हुँदै आएकोमा बिहिबार ५ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ । सर्वाधिक कारोबार हिमालयन रिन्स्योरेन्स कम्पनीको ५१ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ।  यो दिन कारोबारमा आएका १३ वटै समूहको सूचक बढेका छन् ।

अघिल्लो दिन फाइनान्स समूहतिर लगानी बढाएका लगानीकर्ता यो वित्तीय संस्थामा झुम्मिएका छन् । गुराँश लघुवित्त, सिर्जनशील लघुवित्त, सर्पोट माइक्रो फाइनान्सको शेयर मूल्य उच्च अंकले बढेका छन् । बढेको बजारमा कुमारी सबल योजना र आइसीएफसी फाइनान्स ऋणपत्र १ प्रतिशतभन्दा बढीले घटेका छन्।

images
images

images
images

प्रतिक्रिया दिनुहोस्