काठमाडौं। नेपाली बजारमा आज (बिहीबार) सुन चाँदीको भाउ स्थिर छ।बुधबार प्रतितोला दुई हजार आठ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन स्थिर रहेको हो।
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेर कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य बुधबार २ हजार ८ सय रुपैयाँले बढेको हो। बुधबार सुन प्रतितोला २ लाख ९३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । बिहीबार पनि सोही मूल्यमा सुन खरिदबिक्री भैरहेको महासंघले जनाएको छ। मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ थियो। पछिल्ला दिनमा सुन–चाँदीको मूल्यमा उतारचढाव देखिँदै आएको छ। मंगलबारसम्म दुई कारोबार दिनमा सुनको मूल्य प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको थियो।
यसैगरी, चाँदीको मूल्य पनि आज स्थिर छ। बुधबार ४ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मोल आज पनि सोही मूल्यमा किनबेच भैरहेको छ। त्यसअघि मंगलबार चाँदी प्रतितोला ४ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया दिनुहोस्