काठमाडौं। मंगलबार सेयर बजार परिसूचक नेप्से ११.९६ अंकले बढेको छ। यो वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५७८ अंकमा पुगेको छ।
नेप्से बढे पनि कारोबार रकम भने घटेको छ। सोमबार ३ अर्ब २७ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार ३ अर्ब १३ करोड रुपैयाँको कारोबार भएको छ।
आज कुल २७९ कम्पनीका सेयर कारोबार भएकामा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ९५ कम्पनीको मूल्य घटेको छ। त्यस्तै १५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
मंगलबार सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कमको उतारचढाव देखिएको छ। बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक ०.५५ प्रतिशत, वित्त ०.१५ प्रतिशत, होटल तथा पर्यटन ०.५३ प्रतिशत, जलविद्युत् ०.६२ प्रतिशत, लगानी ०.४३ प्रतिशत, जीवन बीमा ०.३५ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.२७ प्रतिशत, अन्य समूह ०.३९ प्रतिशत र व्यापार समूह ०.८२ प्रतिशतले बढेका छन्।
त्यस्तै निर्जीवन बीमा समूह ०.०६ प्रतिशत र लघुवित्त समूह ०.१७ प्रतिशतले घटेको छ।
आज त्रिशूली जलविद्युत्को सेयर मूल्य सबैभन्दा धेरै ५.११ प्रतिशतले बढेको छ। सालपाको विकास बैंकको ३.७७ प्रतिशत, हाथवे इन्भेस्टमेन्टको ३.६५ प्रतिशत, बुटवल पावरको ३.५७ प्रतिशत र लिबर्टी इनर्जीको सेयर मूल्य ३.५० प्रतिशतले बढेको छ।
यता सर्वोत्तम पेन्ट्सको सेयर मूल्य ४.९४ प्रतिशतले घटेको छ। चिरख्वा हाइड्रोपावरको ३ प्रतिशत र उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य २.८४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, लिबर्टी इनर्जी, हिमाल दोलखा हाइड्रोपावर, लक्ष्मी सनराइज बैंक र पिपुल्स हाइड्रोपावर अगाडि रहेका छन् ।














प्रतिक्रिया दिनुहोस्