काठमाडौं । आइसक्युब न्युट्रिनो अब्जर्भेटरीमा निर्णायक योगदान पुर्याएका भौतिकशास्त्री फ्रान्सिस ह्याल्जेनलाई सन् २०२६ को भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।
रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले मंगलबार ह्याल्जेनलाई खगोलीय उत्पत्तिका उच्च–ऊर्जा न्युट्रिनो पत्ता लगाउने अनुसन्धानमा पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मानित गरेको हो। आइसक्युब परियोजनामार्फत ब्रह्माण्डका अत्यन्त ऊर्जावान स्रोतबाट आउने न्युट्रिनोको अध्ययनमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताइएको छ।

पुरस्कार घोषणा भएपछि प्रतिक्रिया दिँदै ह्याल्जेनले आफूलाई यो सम्मान प्राप्त हुनुको सबैभन्दा सुखद पक्ष आफूलाई साथ दिने सहकर्मीहरूको योगदानलाई सम्मान गर्न पाउनु रहेको बताए। ‘मलाई आशा छ, यसले यस परियोजनाको सुरुवातमा मसँग जोडिएका ती साँच्चिकै साहसी मानिसहरूको योगदानलाई प्रतिबिम्बित गर्नेछ। त्यतिबेला कुनै पनि सम्मानित रूढिवादी भौतिकशास्त्री मसँग काम गर्न तयार हुनुहुन्नथ्यो। तर धेरै प्रतिभाशाली मानिसहरू मसँग जोडिनुभयो, र उहाँहरूकै कारण आज म यहाँ छु,’ उनले भने।
पुरस्कारको राशि करिब १२ लाख अमेरिकी डलर रहेको छ। नोबेल पुरस्कारको पदक र प्रमाणपत्र स्वीडेनका राजा कार्ल गुस्ताफले आगामी डिसेम्बर १० मा स्टकहोममा आयोजित समारोहमा प्रदान गर्नेछन्।















प्रतिक्रिया दिनुहोस्