Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडालाई लगाए ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप

अमेरिकी राष्ट्रपति ट्रम्पले क्यानाडालाई लगाए ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ को आरोप
विज्ञापन
Advertisement

एजेन्सी । ओन्टारियो प्रान्तले तीन अमेरिकी राज्यमा विद्युत् अतिरिक्त भन्सार लगाएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडालाई ‘भन्सार शुल्क दुरुपयोगकर्ता’ भन्दै संयुक्त राज्य अमेरिकालाई क्यानाडाको ऊर्जाको आवश्यकता नभएको दाबी गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

क्यानाडाको सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रान्त ओन्टारियोका नेताले सोमबार मिशिगन, मिनेसोटा र न्युयोर्कमा विद्युत् निर्यातमा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क थप्न लागेको बताएपछि ट्रम्पको उक्त भनाई सार्वजनिक भएको हो । ओन्टारियोले यी तीन राज्यमा १५ लाख घर र व्यवसायहरूलाई विद्युत आपूर्ति गर्छ ।

“ओन्टारियोले अहिले ‘विद्युत्’ मा, सबै कुरामा २५ प्रतिशत अतिरिक्त भन्सार शुल्क घोषणा गर्‍यो”, प्रान्तलाई ‘त्यसो गर्न अनुमति नै थिएन ।’ ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा भने, “क्यानाडा भन्सार दुरुपयोगकर्ता हो र सधैँ रहिआएको छ, तर संयुक्त राज्य अमेरिकाले अब क्यानाडालाई अनुदान दिने छैन, हामीलाई तिमीहरूको कारहरू चाहिँदैन, हामीलाई तिमीहरूको काठ चाहिँदैन, हामीलाई तिमीहरूको ऊर्जा चाहिँदैन, र चाँडै नै, तिमीहरूले त्यो थाहा पाउनेछौ ।”

कथित व्यापार असन्तुलनलाई सुधार्न खोज्दै ट्रम्पले अप्रिल २ देखि सबै देशमा ‘पारस्परिक’ भन्सार शुल्क लगाउने बताउँदै आएका छन् ।
उनले भनेका छन्, “किनभने हाम्रो भन्सार शुल्कहरू पारस्परिक छन्, हामी अप्रिल २ मा सबै फिर्ता पाउनेछौँ ।”

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit