Advertisement
Advertisement
Corporate Samachar
२७ जेष्ठ २०८३, बुधबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा तीन प्रतिशतको वृद्धि

एक दशकपछि दक्षिण कोरियाको जन्मदरमा तीन प्रतिशतको वृद्धि
विज्ञापन
Advertisement

एजेन्सि । दक्षिण कोरियाको जन्मदर एक दशकपछि पहिलोपटक बढेको छ । गत वर्षको सरकारी तथ्यांक बुधबार सार्वजनिक गरिएको हो ।

विज्ञापन
Advertisement
Advertisement

दक्षिण कोरिया विश्वको सबैभन्दा धेरै औसत आयु र सबैभन्दा कम जन्मदर भएको देशमध्ये एक हो । यो एउटा यस्तो संयोजन हो जसले एक बढ्दो जनसांख्यिकीय चुनौती प्रस्तुत गर्दछ।

सियोलले महिलाहरूलाई बढी भन्दा बढी बच्चा जन्माउन प्रोत्साहित गर्न र जनसंख्या स्थिर कायम राख्न अर्बौं डलर खर्च गरेको छ। कोरियाको प्रारम्भिक जनसांख्यिकीय तथ्यांकअनुसार प्रतिएक हजार व्यक्तिमा जन्मिने शिशुको संख्या दर ४.७ रहेको छ, जसले सन् २०१४ देखि निरन्तर घट्दो जनसंख्याको प्रवृत्ति देखाएको थियो ।

प्रजनन दर वा एक महिलाले आफ्नो जीवनकालमा बच्चा जन्माउने औसत संख्या सन् २०२४ मा ०.७५ पुगेको छ । यो सन् २०२३ को ०. ७२ को तुलनामा ०.०३ ले बढी हो। “सन् २०२४ मा दक्षिण कोरियामा दुई लाख ३८ हजार ३०० जनाको जन्म भएको थियो, जुन अघिल्लो वर्षको तुलनामा आठ हजार ३०० (३.६ प्रतिशत) बढी हो,” प्रतिवेदनमा भनिएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit