Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

कांग्रेस प्रवक्ता देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी

कांग्रेस प्रवक्ता देवराज चालिसेले फिर्ता लिए उपसभापतिको उम्मेदवारी
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि दिएको उम्मेदवारी फिर्ता लिएका छन्।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले चालिसेले बुधबार आफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिएका हुन्। चालिसेले मंगलबार कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताका क्रममा उपसभापति पदमा उम्मेदवारी दिएका थिए। तर, उम्मेदवारी फिर्ता लिने समयसीमाभित्रै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्।

यसअघि १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेदवारी दिएका चालिसे विशेष महाधिवेशनपछि कांग्रेसको प्रवक्ताको जिम्मेवारीमा थिए। विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने क्रममा पनि उनी सक्रिय रूपमा सहभागी भएका थिए।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit