Advertisement
Advertisement
Corporate Samachar
१८ जेष्ठ २०८३, सोमबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

कार्की सरकारबाट बाहिरिए मन्त्री खरेल

कार्की सरकारबाट बाहिरिए मन्त्री खरेल
विज्ञापन
Advertisement

काठमाडौं । जेनजी सरकारका सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्री जगदीश खरेलले पनि पदबाट राजीनामा दिएका छन् । फागनु २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वारी दिन मन्त्री खरेलले राजीनामा दिएका हुन् ।

विज्ञापन
Advertisement
Advertisement

राजीनामा दिएसँगै खरेलले आफूले सरकारमा गएको चार महिने कार्यकालमा निष्पक्ष, पारदर्शिता र राष्ट्रिय हितका आधारमा मन्त्रालयको जिम्मेवारी पूरा गरेको बताएका छन् ।

मन्त्री खरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट ललितपुर क्षेत्र नम्बर –२ को उम्मेदवार बन्ने तयारीमा रहेको बुझिएको छ । यसअघि आइतबार मात्रै खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएर रास्वपामा प्रवेश गरेका थिए ।

यससँगै प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्‌को आकार १२ सदस्यीय बनेको छ।

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit