Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

विशेष महाधिवेशनः साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता

विशेष महाधिवेशनः साँझसम्म दुई हजार १२० सहभागीको नाम दर्ता
विज्ञापन
Advertisement

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आजदेखि काठमाडौँको भृकुटीमण्डपमा भइरहेको विशेष महाधिवेशन प्रक्रियाअन्तर्गत अहिले साँझ ५ः३० बजेसम्म दुई हजार १२० प्रतिनिधिले नाम दर्ता गरेका छन् ।

विज्ञापन
Advertisement
Advertisement

कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको आयोजनामा भइरहेको दुईदिने महाधिवेशनको पहिलो दिन आज यहाँ आठवटा ‘स्टल’बाट नाम दर्ता भइरहेको र सो क्रम अहिले पनि जारी रहेको विशेष महाधिवेशन जिल्ला क्षेत्र, ‘फोकल पर्सन’ समन्वय समितिका संयोजक युवराज पाण्डेयले जानकारी दिए ।

नेपाली कांग्रेस काठमाडौँका सभापति कृष्ण (सबुज) बानियाँको सभापतित्वमा सञ्चालन भएको उद्घाटन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा गरेका थिए ।

नेपाली काँग्रेसका नेताहरुको उद्घाटनसत्रका क्रममा मन्तव्य राख्ने र सहभागी महाधिवेशन प्रतिनिधिहरुले नाम दर्ता गर्ने क्रम अहिले पनि जारी छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit