Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

कविता र गद्यमा नवीन प्रयोग गर्न रुचाउने क्यानेडियन कवियत्री एन कार्सनले पाइन साहित्यतर्फको नोबेल पुरस्कार

कविता र गद्यमा नवीन प्रयोग गर्न रुचाउने क्यानेडियन कवियत्री एन कार्सनले पाइन साहित्यतर्फको नोबेल पुरस्कार
विज्ञापन
Advertisement

काठमाडौं । क्यानेडियन कवि तथा निबन्धकार एन कार्सनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ।

विज्ञापन
Advertisement
Advertisement

स्विडिस एकेडेमीले बिहीबार सन् २०२६ का लागि उनको साहित्यिक योगदानको कदर गर्दै यो प्रतिष्ठित पुरस्कार घोषणा गरेको हो। स्विडिस एकेडेमीका अनुसार कार्सनलाई ‘शास्त्रीय परम्परासँगको क्रीडात्मक संवादमार्फत समकालीन साहित्यका लागि नयाँ रूप सिर्जना गर्ने उनको साहसी र नवीन साहित्यिक योगदान’का लागि सम्मान गरिएको हो।सन् १९५० मा टोरन्टोमा जन्मिएकी कार्सन कविता, गद्य, अनुवाद र शास्त्रीय साहित्यलाई नवीन ढंगले संयोजन गर्ने लेखिकाका रूपमा परिचित छन्। उनका चर्चित कृतिमा ‘अटोबायोग्राफी अफ रेड’, ‘द ब्यूटी अफ द हजबन्ड’, ‘डिक्रिएसन’, ‘नक्स’, ‘रेड डक्यु’ र ‘फ्लोट’ लगायत छन्।

उनको चर्चित कृति ‘नक्स’ सन् २०१० मा प्रकाशित भएको थियो। यो उनका दिवंगत भाइ माइकलको सम्झनामा तयार गरिएको प्रयोगात्मक साहित्यिक कृति हो। यसमा तस्बिर, पत्र, लेखन तथा प्राचीन रोमन कवि क्याटुलसको शोककवितालाई समेत समेटिएको छ।कार्सनको साहित्यिक शैली परम्परागत विधाको सीमाभन्दा बाहिर जाने खालको मानिन्छ। उनले प्राचीन ग्रिक साहित्य र मिथकलाई समकालीन अनुभवसँग जोड्दै कविता, गद्य, नाटक र अनुवादका स्वरूपलाई नयाँ ढंगले प्रस्तुत गरेकी छन्।

उनको ‘अटोबायोग्राफी अफ रेड’ विशेष चर्चित कृति हो, जसमा प्राचीन ग्रिक मिथकलाई आधुनिक कथाका रूपमा पुनःकल्पना गरिएको छ। यस वर्षको नोबेल साहित्य पुरस्कार घोषणा हुनुअघि कार्सन र चिनियाँ प्रयोगवादी लेखिका क्यान सुएलाई प्रमुख दाबेदारका रूपमा हेरिएको थियो। अन्ततः कार्सनले यो प्रतिष्ठित सम्मान हात पारेकी हुन्। कार्सनले पुरस्कारसँगै १ करोड २० लाख स्विडिस क्रोनर प्राप्त गर्नेछिन्, जुन करिब १२ लाख अमेरिकी डलर बराबर हुन्छ।

गत वर्ष अर्थात् सन् २०२५ को साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्लो क्रास्नाहोर्काइले पाएका थिए। यसअघि क्यानडाकी साहित्यकार एलिस मुनरोले सन् २०१३ मा साहित्यतर्फको नोबेल पुरस्कार जितेकी थिइन् भने क्यानडामा जन्मिएका साउल बेलोले सन् १९७६ मा यो सम्मान पाएका थिए।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit