Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

बुढीगण्डकीको बाढीले गोरखामा ३५ घर बगायो, बस्तीमा व्यापक क्षति

बुढीगण्डकीको बाढीले गोरखामा ३५ घर बगायो, बस्तीमा व्यापक क्षति
विज्ञापन
Advertisement

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका भएर बग्ने बुढीगण्डकी नदीमा आएको बाढीले पैयू र बगर गाउँका ३५ घर बगाएको छ।

विज्ञापन
Advertisement
Advertisement

बाढीले दोभान, घट्टेखोला, जगत् र सल्लेरी गाउँमा समेत व्यापक क्षति पुर्‍याएको छ। चुमनुब्री गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङका अनुसार आइतबार बिहान करिब ४ बजे बाढी बस्तीमा पसेपछि स्थानीयवासी ज्यान जोगाउन सुरक्षित स्थानतर्फ भागेका थिए।

बाढीका कारण चुमनुब्री गाउँपालिका–३ का बजार क्षेत्रमा समेत ठूलो क्षति भएको उनले बताइन्।
बुढीगण्डकी नदीमा आएको बाढीले थप क्षति पुर्‍याउन सक्ने जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

प्रशासनले सिर्दिबास तथा धार्चे गाउँपालिकाका खोर्लाबेँसी, माछाखोला, सोती, आर्खेत र आरुघाट क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान अनुरोध गरेको छ। बाढीबाट हालसम्म मानवीय क्षति भएको विवरण प्राप्त नभए पनि घर तथा भौतिक संरचनामा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit