Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

हिमपहिरोबाट बुढीगण्डकीमा बाढी आएको अनुमान : आरुघाटमा खतराको तह पार, ६ जिल्लामा उच्च सर्तकता

हिमपहिरोबाट बुढीगण्डकीमा बाढी आएको अनुमान : आरुघाटमा खतराको तह पार, ६ जिल्लामा उच्च सर्तकता
विज्ञापन
Advertisement

काठमाडौं। गोरखास्थित बुढीगण्डकी नदीमा आज बिहान अचानक आएको बाढीको सतह घटबढ भइरहेको छ।

विज्ञापन
Advertisement
Advertisement

बाढी मानव बस्तीभन्दा माथिको हिमाली क्षेत्रबाट सुरु भएको हुन सक्ने अनुमान गरिएको बाढी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका बाढीविद् विनोद पराजुलीका अनुसार बिहान करिब ४ बजेदेखि चुमनुब्री गाउँपालिकाको चुम्चेत क्षेत्रमा ठूलो बाढी आएको हो ।

बाढीले माथिल्लो क्षेत्रमा क्षति ठूलो पुर्‍याइसकेको छ भने तल्लो क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ । पराजुलीका अनुसार आरुघाटमा बिहान ६ः३० बजे पहिलो बाढी आएको थियो। त्यसपछि बिहान ७ः५० बजे आएको दोस्रो बाढीले खतराको तह पार गरेको थियो । आरुघाटमा बाढीको खतराको तह पाँच मिटर मानिन्छ । बिहान ७ः५० बजे बाढीको सतह ५.१ मिटर पुगेको थियो । त्यसपछि सतह केही घटे पनि पुनः बढ्ने र घट्ने क्रम जारी रहेको उनले बताए ।

उनले भने, ‘यो मानव बस्तीभन्दा पनि हिमाली क्षेत्रबाट, बाहिरबाट यो बाढी सुरु भएको जस्तो देखिन्छ। यसमा पहिरोले नदी थुनिएको हो अथवा हिमाली क्षेत्रबाट बाढी सिर्जना भएको हो, यसमा अन्य के कारण संलग्न छन् ? ती सम्भव कारणहरूमा हामी अध्ययनको क्रममा छौँ। सम्भवतः अबको केही घण्टा अथवा आज बेलुकीसम्म यसको सत्यतथ्य कारण खुल्नेछ।’

बाढीको कारणबारे अध्ययन भइरहेको र नदीको सतह निरन्तर परिवर्तन भइरहेकाले बुढीगण्डकी करिडोरमा जोखिम कायमै रहेको पराजुलीले बताए। नदीका धेरैजसो भाग साँघुरा भएकाले पानीको सतह बढ्दा थप क्षति हुन सक्ने उनको भनाइ छ । उनले भने, ‘यो बाढी विभिन्न चरणमा आइसकेको कारणले र माथिबाट हामीलाई प्राप्त सूचनामा पनि नदी बढ्ने फेरि घट्ने, बढ्ने घट्ने भइराखेको छ’ उनले भने, ‘अर्को सूचना, स्पष्ट सूचना नआउँदासम्म आज साँझसम्म नै नदीको छेउछाउ नजान, नदी कोरिडोर प्रयोग नगर्न, आवतजावत नगर्न र आरुघाट खासगरी तातोपानी, माछाखोला, आरखेत लगायत जति पनि बुढीगण्डकी नदीको छेउछाउका होचो स्थानका बस्ती बजारहरू हुनुहुन्छ, त्यहाँ नदीको छेउछाउमा भएका घरहरूमा नबसी सुरक्षित स्थानमा जान हाम्रो पुनः अपिल छ।’

शाखाले बुढीगण्डकी र त्रिशूली दोभानसम्मका नदी किनारमा रहेका बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरेको छ। यद्यपि, बेनीघाटभन्दा तल त्रिशूली नदी क्षेत्रमा भने ठूलो जोखिम नरहेको पराजुलीले बताए। उनका अनुसार त्रिशूलीमा बाढीको सतह करिब एक मिटर बढ्न सक्ने अनुमान छ । यसैबीच, बिहान सवा नौ बजेसम्ममा गोरखाको आरुघाट स्टेशनमा नदीको सतह खतराको तहभन्दा अधिक बढी भएको छ। राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले गोरखा, धादिङ, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमसम्मका नदी तल्लो तटीय क्षेत्रका सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit