Advertisement
Advertisement
Corporate Samachar
२ मंसिर २०८३, बुधबार
Advertisement
Advertisement

सवारी दर्ता र नामसारीका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्यो, अब वारेसनामाबाटै गर्न सकिने

सवारी दर्ता र नामसारीका लागि यातायात कार्यालय धाउनुपर्ने बाध्यता हट्यो, अब वारेसनामाबाटै गर्न सकिने
फाइल फोटो
विज्ञापन
Advertisement

काठमाडौं । नयाँ तथा पुराना सवारी साधनको दर्ता र नामसारीका लागि सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हट्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

पूर्वाधार विकास मन्त्रालयले सवारी दर्ता, नामसारी, बीमा तथा नवीकरण प्रक्रियालाई सहज बनाउने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरेको हो। संशोधित व्यवस्थाअनुसार सवारी धनी स्वयं उपस्थित नभए पनि तोकिएको प्रक्रिया पूरा गरी सवारी साधनको दर्ता तथा नामसारी गर्न सकिनेछ। यसले सेवाग्राहीलाई कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै समय र खर्च बचत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नयाँ व्यवस्थाले सवारी साधनको जाँच प्रक्रियालाई समेत सहज बनाएको छ। अब डिलरबाट गरिएको सवारी साधनको जाँचलाई नै अन्तिम मान्यता दिइनेछ। यसका लागि सवारी साधन पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन। त्यस्तै, सवारी खरिदकर्ताले वारेसनामा दिएको व्यक्तिमार्फत पनि दर्ता तथा नामसारीको काम गर्न सक्ने व्यवस्था गरिएको छ। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्रसहित सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ। संशोधित व्यवस्थाले सवारी साधनको बीमा तथा बीमा नवीकरणमा पनि सहजता ल्याएको छ। अब बीमा वा बीमा नवीकरणका लागि सवारी धनी स्वयं उपस्थित हुनुपर्ने छैन।

यसैगरी, सवारी साधन नामसारीका क्रममा आवश्यक पर्ने बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक वा सम्बन्धित कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था गरिएको छ। यसले नामसारी प्रक्रियालाई थप व्यवस्थित र सहज बनाउने अपेक्षा गरिएको छ। मन्त्रालयले गरेको उक्त संशोधनबाट सवारी साधन खरिदबिक्री, दर्ता तथा नामसारीसँग सम्बन्धित सेवाहरू छिटो, सरल र सेवाग्राहीमैत्री हुने विश्वास गरिएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit