काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड ‘फोनपे अनर्स २०८३’ अन्तर्गत दुई विधामा सम्मानित भएको छ।
डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन तथा विकासमा पुर्याएको योगदानको कदर गर्दै बैंकलाई दुई अवार्ड प्रदान गरिएको हो। बैंकले ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इस्युअर)’ र ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इस्युअर)’ विधामा अवार्ड प्राप्त गरेको जनाएको छ। बैंकको मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत अन्तरबैंक रकम स्थानान्तरण (आईबीएफटी) र फोनपे क्यूआरमार्फत हुने कारोबारमा उत्कृष्ट प्रदर्शन गरेकाले बैंकलाई यी अवार्ड प्रदान गरिएको हो।
बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङमार्फत सहज रूपमा एक खाताबाट अर्को खातामा रकम स्थानान्तरण गर्न तथा क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएको छ। सुरक्षित, भरपर्दो र प्रभावकारी डिजिटल वित्तीय सेवा विस्तारमा बैंकले गरेको प्रयासलाई यस सम्मानले थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ।
डिजिटल बैंकिङ सेवाप्रति ग्राहकको बढ्दो आकर्षण, प्रविधिमा आधारित सेवा विस्तार र ग्राहककेन्द्रित नवप्रवर्तनले यो उपलब्धि हासिल गर्न सहयोग पुगेको बैंकले जनाएको छ। बैंकले आगामी दिनमा पनि डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र विद्युतीय भुक्तानी पूर्वाधारको विस्तारलाई प्राथमिकता दिँदै नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।















प्रतिक्रिया दिनुहोस्