Advertisement
Advertisement
Corporate Samachar
७ कार्तिक २०८३, शुक्रबार
Advertisement
Advertisement

करदाता प्रोत्साहन कार्यक्रम: असोज ३१ सम्म बिल प्रविष्ट गर्न पाइने, कात्तिक १ मा उपहार खुल्ने

करदाता प्रोत्साहन कार्यक्रम: असोज ३१ सम्म बिल प्रविष्ट गर्न पाइने, कात्तिक १ मा उपहार खुल्ने
विज्ञापन
Advertisement

काठमाडौं । आन्तरिक राजस्व विभागले सञ्चालन गर्दै आएको करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन खरिद बिलको विवरण प्रविष्ट गर्ने अन्तिम मिति असोज ३१ गते तोकिएको छ।

विज्ञापन
Advertisement
Advertisement

विभागले नगद भुक्तानी गरी वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई तोकिएको समयभित्र बिलको विवरण प्रविष्ट गरी उपहार कुपन प्राप्त गर्न आग्रह गरेको छ। विभागका अनुसार २०८३ असोज १६ देखि ३१ गतेसम्म नगद भुक्तानी गरी खरिद गरिएका वस्तु तथा सेवाको बिलको विवरण प्रविष्ट गर्ने उपभोक्ताले यस कार्यक्रममा सहभागी हुन सक्नेछन्। त्यसका लागि उपभोक्ताले विभागको आधिकारिक वेबसाइट https://prize.ird.gov.np/ मा गई खरिद बिलसम्बन्धी आवश्यक विवरण भर्नुपर्नेछ।

उक्त अवधिमा जारी गरिएका उपहार कुपन आगामी कात्तिक १ गते खोलिने र विजेताको घोषणा गरिने विभागले जनाएको छ। उपहार कार्यक्रममा सहभागी भई पुरस्कार प्राप्त गर्न खरिद बिल अनिवार्य हुने भएकाले उपभोक्ताले वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य रूपमा बिल लिनुपर्ने विभागको भनाइ छ। विभागले उपभोक्तालाई खरिद बिल लिन प्रोत्साहित गर्नुका साथै व्यवसायीलाई प्रत्येक कारोबारको बिक्री बिल वा बीजक जारी गर्न प्रेरित गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। यसबाट उपभोक्तामा बिल लिने बानीको विकास हुनुका साथै व्यवसायीको कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

विभागले तोकिएको अवधिभित्र वस्तु तथा सेवा खरिद गर्ने उपभोक्तालाई असोज ३१ गतेभित्रै बिलको विवरण प्रविष्ट गर्न तथा व्यवसायीलाई बिक्री गर्दा अनिवार्य रूपमा बिल वा बीजक जारी गर्न आग्रह गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit