Advertisement
Advertisement
Corporate Samachar
२३ कार्तिक २०८३, सोमबार
Advertisement
Advertisement

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, दशैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सकियो, दशैंपछि नयाँ नेतृत्वले शपथ लिने
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सम्पन्न भएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत असोज २३ गते रातिदेखि सुरु भएको मतगणना मधेस र बागमती प्रदेशका अन्तिम परिणाम सार्वजनिक गर्ने तयारीसँगै शुक्रबार बिहान सकिएको हो। अब नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको प्रमाणपत्र वितरण र शपथग्रहण कार्यक्रम दशैंलगत्तै गर्ने तयारी गरिएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार लुम्बिनी, गण्डकी, उपत्यका, श्रमिक, शहीद परिवार तथा द्वन्द्वपीडितका तर्फबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको मतगणना राति नै सम्पन्न भएको छ। त्यसैगरी सहमहामन्त्रीसहित खुला तथा महिला केन्द्रीय सदस्य चयन हुने खस आर्य र थारू समूहको मतगणना पनि राति अबेर सकिएको उनले जानकारी दिए। सबै पदको मतपरिणाम रुजु गर्ने काम भइरहेको र त्यसपछि औपचारिक नतिजा सार्वजनिक गरिने उनको भनाइ छ। अन्य पदको मतगणना भने यसअघि नै सम्पन्न भइसकेको थियो।

गत असोज २३ गते मतदान सम्पन्न भएपछि सोही दिन राति सभापति पदको मतगणना सुरु गरिएको थियो। राष्ट्रिय सभागृहमा गरिएको सभापति पदको मतगणनाको परिणाम असोज २४ गते बिहान सार्वजनिक भएको थियो। त्यसपछि अन्य पदको मतगणना पार्टी केन्द्रीय कार्यालय बीपी नगर, सानेपामा गरिएको थियो। यसपटक कांग्रेसको मतगणना अघिल्लो महाधिवेशनको तुलनामा निकै छिटो सम्पन्न भएको निर्वाचन समितिको दाबी छ। १४औँ महाधिवेशनमा चार हजार ७०० मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो। तर, यसपटक सात हजार ३९२ मतदाताको मतगणना एक सातामै सकिएको कटुवालले बताए।

उनका अनुसार यसपटक करिब एक लाख ६२ हजार मतपत्र गणना गर्नुपरेको थियो। कुल २२९ पदका लागि निर्वाचन भएकोमा ७७ प्रकारका पद रहेका थिए भने प्रत्येक मतदाताले २३ वटा मतपत्रमार्फत मतदान गर्नुपर्ने व्यवस्था थियो।निर्वाचन समितिका अनुसार मतदान तथा मतगणनाका क्रममा कुनै विवाद उत्पन्न भएन। सम्पूर्ण निर्वाचन प्रक्रिया सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको कटुवालले बताए। मतगणना सकिएसँगै अब कांग्रेसको नयाँ नेतृत्वले औपचारिक रूपमा जिम्मेवारी सम्हाल्ने प्रक्रिया अघि बढ्नेछ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई प्रमाणपत्र वितरण र शपथग्रहण गराउने कार्यक्रम दशैंलगत्तै गर्ने तयारी छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit