Advertisement
Advertisement
Corporate Samachar
६ कार्तिक २०८३, बिहीबार
Advertisement
Advertisement

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति

बाँकेको अम्बे स्टिल उद्योगमा आगलागी, एक करोड ५६ लाखको क्षति
विज्ञापन
Advertisement

बाँके: बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया उद्योगमा आगलागी हुँदा करिब एक करोड ५६ लाख रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ।

विज्ञापन
Advertisement
Advertisement

बिहीबार बिहान करिब १ः३० बजे उद्योग परिसरमा रहेको फर्नेस आयल भण्डारण ट्याङ्कीमा आगो लागेको हो। विद्युत् लाइनमा सर्ट सर्किट हुँदा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीतसिंह राठौरका अनुसार आगलागीबाट भएको क्षतिको प्रारम्भिक विवरणमा एक करोड ५६ लाख रुपैयाँ बराबरको नोक्सानी देखिएको छ।

घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुराखुर्दबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो।

नेपाल प्रहरी, स्थानीय बासिन्दा र दमकलको संयुक्त प्रयासमा आगलागी करिब एक घण्टाभित्र पूर्ण रूपमा नियन्त्रणमा ल्याइएको डीएसपी राठौरले जानकारी दिएका छन्।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit