काठमाडौं । विश्व भोकमरी सूचकांक (जीएचआई) २०२६ मा नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। नेपालले १०० पूर्णाङ्कमा १४.५ अंक प्राप्त गरेको छ, जुन भोकमरीको मध्यम अवस्था हो।
शनिबार सार्वजनिक सूचकांक प्रतिवेदनअनुसार नेपालको भोकमरी सूचकांक सन् २०२६ मा आइपुग्दा घटेर १४.५ मा झरेको छ। सन् २००० मा ३७.० थियो भने सन् २०१८ मा १८.४ रहेको थियो।
नेपालमा पाँच वर्षमुनिका बालबालिकामध्ये २६.२ प्रतिशतमा पुड्कोपन र ६.६ प्रतिशतमा ख्याउटेपन देखिएको छ। त्यस्तै, जनसंख्याको ५.२ प्रतिशतमा कुपोषण तथा पाँच वर्ष नपुग्दै हुने बालमृत्युदर २.५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ। दक्षिण एसियाको सन् २०२६ को औसत सूचकांक २४.० रहेको छ, जुन नेपालको भन्दा उच्च हो। तथ्यांकले नेपालको अवस्थामा सुधार देखाए पनि पोषण, खाद्य सुरक्षा र बालस्वास्थ्यमा थप काम गर्नुपर्ने आवश्यकता औँल्याउँछ।















प्रतिक्रिया दिनुहोस्