Advertisement
Advertisement
Corporate Samachar
८ कार्तिक २०८३, शनिबार
Advertisement
Advertisement

फ्रान्समा फेरि हिंसात्मक प्रदर्शनको डर, ७० हजार सुरक्षाकर्मी परिचालन

फ्रान्समा फेरि हिंसात्मक प्रदर्शनको डर, ७० हजार सुरक्षाकर्मी परिचालन
ह्याना म्याके/रोयटर्स
विज्ञापन
Advertisement

पेरिस । फ्रान्समा जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको बिग्रँदो अवस्थाविरुद्ध भएका प्रदर्शन अघिल्लो सप्ताहान्तमा व्यापक दङ्गा र लुटपाटमा परिणत भएपछि शनिबार देशभर पुनः प्रदर्शन हुने तयारीसँगै सुरक्षा सतर्कता बढाइएको छ।

विज्ञापन
Advertisement
Advertisement

गत सप्ताहको हिंसात्मक प्रर्दशनबाट क्षति पुगेका केही पसलले अझै मर्मत गरिरहेका बेला पेरिसका व्यापारीहरूले शनिबारको प्रदर्शनअघि पसलका झ्यालमा काठका फल्याक लगाएका छन् र धातुका सुरक्षा ढोका जडान गरेका छन्। शाँजेलिजे र एभिन्यु मोन्टेन क्षेत्रमा लुई भिटन र नाइकजस्ता ब्रान्डका पसलदेखि प्रसिद्ध फुके रेस्टुरेन्ट तथा साना स्वतन्त्र पसलसम्मले सम्भावित हिंसालाई ध्यानमा राख्दै सुरक्षा उपाय अपनाएका छन्।

लुभ्रसहित पेरिसका केही प्रमुख सङ्ग्रहालय शनिबारका लागि बन्द गरिएका छन्। थप अशान्तिको आशङ्काबीच आर्ट बासेल पेरिस कला मेला पनि निर्धारित समयभन्दा अगाडि नै समाप्त गरिएको छ।
फ्रान्स सरकारले देशभर प्रहरी र जाँडार्मेरीका ७० हजार सुरक्षाकर्मी परिचालन गरेको छ। यो सङ्ख्या गत सप्ताहान्तको तुलनामा १० हजार बढी हो। सुरक्षाकर्मीलाई करिब २० वटा बख्तरबन्द सवारीसाधन, १५ वटा पानीको फोहोरा प्रहार गर्ने गाडी, हेलिकप्टर र ड्रोनले सहयोग गर्नेछन्।

गत सप्ताहान्तमा सुरु भएको प्रदर्शनले व्यापक हिंसात्मक रूप लिएको थियो। त्यस क्रममा पसलहरूमा लुटपाट भएको थियो र झन्डै एक हजार सुरक्षाकर्मी घाइते भएको विवरण सार्वजनिक भएको थियो। प्रदर्शन नियन्त्रण गर्न सरकारले अपनाएका कडा सुरक्षा उपायको विपक्षी राजनीतिक दल तथा नागरिक स्वतन्त्रताका पक्षधर समूहहरूले आलोचना गरेका छन्। उनीहरूले सरकारले प्रदर्शन गर्ने अधिकारलाई सीमित गरिरहेको आरोप लगाएका छन्। विद्यार्थी, ट्रेड युनियन र ‘येलो भेस्ट’ आन्दोलनसँग आबद्ध समूहले विभिन्न स्थानमा जुलुस तथा भेला आयोजना गर्ने तयारी गरेका छन्।

पेरिसको पश्चिमी क्षेत्रमा भएको एक घातक गोलीकाण्डको अनुसन्धान सम्भावित जातिवादी आतङ्कवादी आक्रमणका रूपमा भइरहेको विषयले पनि तनाव बढाएको छ। यस अशान्तिले राष्ट्रपति इमानुएल म्याक्रोंको अल्पमत सरकारमाथिको दबाब थप बढाएको छ। सरकार राजनीतिक आलोचना, बढ्दो ऋण लागत र बजेटमा ४३ अर्ब युरो खर्च कटौती गर्ने प्रस्तावका कारण दबाबमा छ। शनिबारको सुरक्षा चुनौतीलाई दक्षिणपन्थी दलको महाधिवेशन र त्यसविरुद्ध हुन सक्ने प्रदर्शनले पनि थप जटिल बनाएको छ। द वाल स्ट्रिट जर्नल 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement

Powered By: Nectar Digit