Advertisement
Advertisement
Corporate Samachar
२१ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफद्वारा २१.०५ प्रतिशत लाभांश पारित, कम्पनीको लगानी साढे दुई खर्ब रुपैयाँ माथि

नेपाल लाइफद्वारा २१.०५ प्रतिशत लाभांश पारित, कम्पनीको लगानी साढे दुई खर्ब रुपैयाँ माथि
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघइको अध्यक्षतामा शनिबार वीरगञ्ज, पर्सामा सम्पन्न सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक कार्य प्रगति प्रतिवेदन ,लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पािरत गरेको छ । साथै, आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण समेत गरेको कम्पनीले जनाएको छ ।

विज्ञापन
Advertisement
Advertisement

साधारण सभाले आ.व. २०८१/८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजी ९,०२,८७,६३,२०९ को २१.०५ प्रतिशतले हुन आउने एक अर्ब नब्बे करोड सात लाख बयानब्बे हजार दुई सय पचपन्न मात्र रुपैयाँ शेयरधनीहरुलाई लाभांशको रुपमा प्रदान गर्ने निणर्यलाई पनि स्वीकृत गरेको छ । जसमा १६.०५ प्रतिशत नगद लाभांश (लाभांशको कर सहित) र ५ प्रतिशत बोनस शेयर प्रदान गर्ने प्रस्ताव सर्वसम्मतिबाट पारित गरेको हो ।

साधारणसभाले संस्थापक समूह अन्र्तगत गोविन्द लाल संघई, कमलेश कुमार अग्रवाल र विवेक कुमार अग्रवाललाई निर्विरोध निर्वाचित गरेको छ । साधारणसभा पछि बसेको संचालक समितिको ४०७औँ बैठकले गोविन्द लाल संघईलाई सर्वसम्मतिबाट अध्यक्षको रुपमा पुनः चयन गरेको छ । कम्पनी अध्यक्ष संघईले जीवन बीमा क्षेत्रमा कम्पनीको व्यवसायिक हिस्सा र गरिमालाई चुनौतिहरुबीच अझै थप उचाइमा पु¥याउनका लागि संरचनात्मक सुधार, संस्थागत सुशासनको पूर्ण पालना, सुदृढ आन्तरिक नियन्त्रण प्रणाली, सेवा प्रणालीमा नविन प्रविधिको प्रयोग, सम्पत्ति र दायित्व बीचको सन्तुलन, ग्राहक केन्द्रित योजनालगायतका विषयमा अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

साथै, उनले निरन्तर सहयोग, संरक्षकत्व र शुभेच्छा प्रदान गर्ने सबै शेयरधनीहरु, कम्पनीका सम्पूर्ण बीमितहरु तथा सरोकारवालालाई संचालक समितिको तर्फबाट आभार व्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका सञ्चालक कमलेश कुमार अग्रवालले प्रतिकुल मौसमका बावजुद पनि उल्लेख्य उपस्थितिका निम्ति सबै शेयरधनीहरूलाई धन्यवाद दिए । उनले देशको विषम परिस्थितिकाबीच पनि बीमा क्षेत्रमा अग्रस्थान हासिल गर्न कम्पनी सफल भएकोमा हर्षित भएको सुनाए । वर्तमान म्याक्रो इकोनोमिक परिस्थितिले गर्दा बीमा व्यवसायको आगामी दिन थप चुनौतीपूर्ण हुने उल्लेख गर्दै अग्रवालले सम्पूर्ण सरोकारवालाहरूलाई एक ढिक्का भएर कार्यसम्पादन गर्न आग्रह समेत गरेका छन् । आर्थिक स्थायित्व नै राष्ट्रको चौतर्फी स्थायित्वको आधारस्तम्भ रहेको र सो स्थायित्उनको भनाइ छ । विषम परिस्थितिकोलाई मनन गर्दै कम्पनीले सम्पूर्ण सरोकारवालाहरूको माग सम्बोधन गर्नका निम्ति लगानी विविधिकरणको रणनीति अवलम्बन गरेर कार्यसम्पादन गर्दै आएको उनले जानकारी गराए ।

२६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले आ.व.२०८१/८२ मा आएका चुनौतीहरुलाई अवसरहरुमा परिणत गरी हासिल गरिएका व्यावसायिक उपलब्धी र भावी योजनाहरुबारे बताए । देशको अर्थतन्त्र साथै व्यावसायिक क्षेत्र संघर्षरत अवस्थामा रहेको परिस्थितिमा समेत कम्पनीले प्राप्त गरेका उपलब्धीहरू महत्वपूर्ण रहेको उनको भनाइ छ ।

उनका अनुसार लगानी विविधिकरणलाई केन्द्रमा राखेर नेपाल लाइफ कम्पनी अगाडि बढिरहेको छ र त्यसलाई मूर्त रुप दिन कम्पनीले विभिन्न कार्ययोजना गयार गरी काम थालेको छ । २०८२ असोज मसान्त सम्ममा कम्पनीको लगानी २ खर्ब ५४ अर्ब रुपैयाँ रहेको छ भने जीवन बीमाकोष २ खर्ब ४५ अर्ब रुपैयाँ र शेयरधनी कोषमा १३ अर्ब रुपैयाँ बढी रकम रहेको छ । साथै कम्पनीले हालसम्म ३ खर्ब २६ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको र १ खर्ब ३ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेको जनाएको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit