Advertisement
Advertisement
Corporate Samachar
४ असार २०८३, बिहीबार
Advertisement

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण

नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण
विज्ञापन
Advertisement

काठमाडौं। नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

भूकम्प पछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो।

बैंकले माघ १ गते नलगाड-१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी-१ का वडा अध्यक्ष इन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण कार्यक्रम आयोजना गरेको थियो।

यस वर्षको हिउँदमा अस्थायी आवासमा बसिरहेका वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरूका स्वास्थ्यमा आउने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले बताए।

नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँग साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका-१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका-१ मा ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो। यसपटक ती अस्थायी आवासमा बसोबास गर्ने परिवारलाई कम्बल वितरण गरिएको बैंकले जनाएको छ।

त्यस अवसरमा नलगाड-१ का अध्यक्ष महर र चौरजहारी-१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि सुरक्षित ओत र चिसोबाट बच्न कम्बल वितरण गरी राहत पुर्याएकोमा नबिल बैंकलाई धन्यवाद दिएका छन्।

२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका-१ रामीडाँडा केन्द्रविन्दु भइ ६.४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुगेको थियो।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ। बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गर्दै आएको छ।

बैंकको उक्त प्रयासले विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार ल्याएको छ र वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग गरेको छ। विशेषगरी उद्यमशीलता विकासमा नबिल बैंकले ‘नबिल स्कूल अफ सोसल इन्टरप्रेनरसिप’ मार्फत फेलोसिप कार्यक्रम र सर्टिफिकेट कोर्स सञ्चालन गरी ११७ वटा उद्यम स्थापना र १,२०० भन्दा बढी रोजगारी सृजना गरेको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit