
काठमाडौं । वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपाल माइक्रो इन्स्योरेन्सको सेयर खुलेको छ । आजदेखि नेपाल माइक्रो इन्स्योरेन्सले सेयर बिक्री खुला गरेको हो ।
आईपीओमा आवेदनकर्ताले प्रतिकित्ता १०० रुपैयाँका दरले २ लाख २५ हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
वैदेशिक रोजगारीमा रहेका नेपालीले माघ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आवेदन दिँदा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म हुनुपर्ने छ ।
आईपीओको बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ । विदेशमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरबाट आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्