Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

बालबालिकाको कानको स्वास्थ्य सुधार गर्न इयर केयर नेपाल मेटलाइफ बीच साझेदारी

बालबालिकाको कानको स्वास्थ्य सुधार गर्न इयर केयर नेपाल मेटलाइफ बीच साझेदारी
विज्ञापन
Advertisement

काठमाडौं । मेटलाइफ नेपालले इयर केयर नेपालसँगको सहकार्यमा काठमाडौं, भक्तपुर र ललितपुरका सरकारी विद्यालयमा पूर्वप्राथमिकदेखि कक्षा १० सम्मका २,४०० बालबालिकालाई केन्द्रित गर्दै १० हप्ताको स्कुल इयर हेल्थ कार्यक्रम सुरू गर्दैछ । यस पहलले दीर्घकालीन कानको स्वास्थ्य सचेतना प्रवर्द्धन गर्ने र बालबालिकामा सम्बन्धित समस्याहरूलाई रोक्नका लागि प्रारम्भिक पहिचान र शिक्षाको महत्त्वपूर्ण भूमिकालाई जोड दिने लक्ष्य राखेको छ ।

विज्ञापन
Advertisement
Advertisement

यस पहल विद्यालय जाने बालबालिकाहरूमा कानसम्बन्धी समस्याहरूको प्रारम्भिक पहिचान र रोकथाम गर्न लक्षित छ । नेपाली रूपैयाँ ५१३,००० को सहयोगमा, इयर केयर नेपालका कन्सल्टेन्ट ईएनटी सर्जनहरूले ८ देखि १० विद्यालयहरूमा विद्यार्थीहरूको कानको रोग र श्रवणशक्तिको स्क्रिन र उपचार गर्न जानेछन् । पोर्टेबल अडिओग्राम मेसिनहरूले साइटमा श्रवण परीक्षणहरू सञ्चालन गर्नेछन्, तुरून्तै सानो कानको समस्याहरूको उपचार गर्नेछ र शल्यक्रियाहरूमार्फत विशेष हेरचाहका लागि थप गम्भीर केसहरूलाई सन्दर्भ गर्नेछ । यसका साथै कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकहरूलाई संलग्न सिकाइ सामग्रीहरूमार्फत कानको स्वास्थ्यलाई प्राथमिकता दिन कान र श्रवण स्वास्थ्य शिक्षा प्रदान गर्नेछ ।

मेटलाइफ नेपालका महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले भने, ‘हामी यस महत्त्वपूर्ण पहलमा इयर केयर नेपालसँग साझेदारी गर्न पाउँदा गर्व गर्छौं । यस कार्यक्रमले कान र श्रवणलाई गम्भीर रूपमा सम्बोधन गरेर बालबालिकाको स्वास्थ्य र कल्याणमा सुधार गर्ने हाम्रो प्रतिबद्धता झल्काउँछ । स्वास्थ्य समस्याहरू नियन्त्रण गर्दै, हामीले दिगो प्रभाव सिर्जना गर्न सक्छौं र हाम्रो समुदायको लागि स्वस्थ भविष्य बनाउन मद्दत गर्न सक्छौं ।’

मेटलाइफ नेपालका बारेमा

मेटलाइफको सहायक कम्पनीको रूपमा संयुक्त राज्य अमेरिकामा दर्ता भएको अमेरिकन लाइफ इन्स्योरेन्सको शाखाको रूपमा मेटलाइफ सन् २००१ देखि नेपालमा सञ्चालनमा आएको हो । नेपालमा मेटलाइफले उपभोक्ता तथा व्यवसायहरूलाई जीवन बीमा, दुर्घटना तथा स्वास्थ्य बीमा, र कर्मचारी लाभ ९समूह बीमा० जस्ता सुविधाहरू प्रदान गरिरहेको छ । अधिक जानकारीका लागि  https://www.metlife.com.np/en/मा जानुहोस् वा ९७७-१५९७०१६६ मा सम्पर्क गर्नुहोस् ।

 

 

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit