Advertisement
Advertisement
Corporate Samachar
२६ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना हुँदै

काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’  आयोजना हुँदै
विज्ञापन
Advertisement

काठमाडौं । केडिया अर्गनाइजेसनले आउने शनिबार (जेष्ठ ३) गते काठमाडौंदेखि नगरकोटसम्म ‘अल्ट्राभोइलेट राइड’ आयोजना गर्ने भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

नेपालको विजुली नेपालमै खपथ होस् र पेट्रोल बापत हुने खर्च बचत होस् भन्ने हेतुले गर्न लागिएको विद्युतीय राइडमा अल्ट्राभोइलेटसँगै २०० सीसी माथिका अन्य कम्पनीका बाइक राइडरहरूलाई समेत सहभागी गराइने केडिया अर्गनाइजेसनका बिजनेस हेड नवराज कोइरालाले बताए । यस्तै, राइडले नेपाली बजारमा विद्युतीय बाइक (ईभी) प्रतिको आकर्षण बढाई त्यसको प्रबद्र्धन गर्ने लक्ष्य लिएको कोइरालाले जानकारी दिए ।

उनका अनुसार राइड काठमाडौंको नक्सालस्थित शोरुमबाट सुरू गरेर माइतीघर नयाँ बानेश्वोर–भक्तपुर हुँदै नगरकोट पुगेर समापन हुनेछ। अफरोड र अनरोड दुवैको अनुभव दिलाउनका लागि यो राइड आयोजना गरिएको बताइएको छ । विद्युतीय बाइक प्रयोग बढाउने हो भने अल्ट्राभोइलेट बाइकमा एक पटक फूल चार्ज गर्दा ३२३ किलोमिटर दूरी पार गर्न सक्ने क्षमता रहेकाले ग्राहकको लाखौं रुपैयाँ बचत हुने कम्पनीको दाबी छ ।

राइडका लागि आवश्यक पर्ने खर्च सहभागी राइडरहरूले आफैं व्यवस्था गर्नुपर्ने आयोजकले जनाएको छ । तर, खाजा खाना लगायतका अन्य खर्च कम्पनीले व्यहोर्ने कोइरालाले स्पष्ट पारे। उक्त राइडमा सहभागी हुन चाहनेले कम्पनीले उपलब्ध गराएको  ९८०२३५६३१० नम्बरमा  सम्पर्क गर्न सक्नेछन् । अल्ट्राभोइलेट राइडको दूरी २७. ६ किलोमिटर तय भएको कम्पनीले जनाएको छ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit