Advertisement
Advertisement
Corporate Samachar
९ जेष्ठ २०८३, शनिबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसीटीभी हस्तान्तरण

नेपाल एसबिआई बैंकद्वारा चौदण्डीगढी नगरपालिकालाई सिसीटीभी हस्तान्तरण
विज्ञापन
Advertisement

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकालाई सिसीटीभी क्यामेरा हस्तान्तरण गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

नगरपालिकाको सुरक्षात्मक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले गरिएको उक्त सहयोग कार्यक्रममा बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाकी उप–मेयर मनिका देवी दुलाललाई उपकरणहरू हस्तान्तरण गरेका थिए।

सुरक्षा प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउने हेतुले गरिएको यो पहलमा बैंक र नगरपालिकाका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो। बैंकले समुदायस्तरमा सकारात्मक प्रभाव पार्ने यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जानकारी पनि कार्यक्रममा दिइयो।

नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३१ वर्षदेखि देशभर बैकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका १०० वटा शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ सेवा केन्द्र, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन्। सामाजिक उत्तरदायित्वका विविध कार्यक्रममार्फत बैंकले देशका विभिन्न स्थानमा सामुदायिक हितमा योगदान पुर्‍याउँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit