images
images
images
images

मकवानपुरको राक्सिराङ गाउँपालिकामा तीन दिन सार्वजनिक बिदा

images
images
images

काठमाडौँ । मकवानपुरको राक्सिराङ गाउँपालिकाले तामाङ समुदायको पर्व सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ ।

गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै सोनाम ल्होसार पर्वको अवसरमा तीन दिन बिदा दिन लागेको बताए । यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गाउँपालिकाले गरेको छ । मञ्जुश्री सम्वत् २८६१ डुल लो–सर्व वर्ष ल्हो सोनाम ल्होसारको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण तामाङ समुदायमा सुख र समृद्धको कामना गर्दै गाउँपालिका अध्यक्ष मल्लले सो पर्वको अवसरमा गाउँपालिकाभित्रका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैंक तथा वित्तिय संस्थामा तीन दिन बिदा दिइएको उल्लेख गरेका छन् ।

images
images

प्रतिक्रिया दिनुहोस्