Advertisement
Advertisement
Corporate Samachar
२३ श्रावण २०८३, शनिबार
Advertisement
Advertisement

बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु

बिरामी बोकेको सुमो दुर्घटना, एकै परिवारका तीन जनाको मृत्यु
विज्ञापन
Advertisement

काठमाडौँ । दिक्तेलबाट बिरामी लिएर काठमाडौँ आउँदै गरेको सुमो ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–७ टोक्सेलस्थित भँडारेखोलामा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

दुर्घटनामा केपिलासगढी गाउँपालिका–३ बास्पानीकी ५६ वर्षीया माया गुरुङ, उहाँका छोरा २८ वर्षीय पुजन गुरुङ र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपा निवासी मायाकी बहिनी ४५ वर्षीया तारा गुरुङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले दिएको जानकारीअनुसार पूर्व खोटाङ यातायात प्रालिको ना १ ज ६४२१ नम्बरको सुमो दिक्तेलबाट बुधबार साँझ करिब ७ः३० बजे बिरामी लिएर काठमाडौँ हिँडेको थियो । आगलागीमा परी गम्भीर घाइते हुनुभएकी माया गुरुङलाई लिएर उपचारका गराउन  काठमाडौँ जाँदै गरेको सुमो गएराति दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा आज बिहान करिब ६ः३० बजेको समयमा सुमो दुर्घटनाग्रस्त अवस्थामा स्थानीयले देखेपछि ट्राफिक प्रहरी कार्यालय हर्कपुरलाई जनकारी दिएका थिए । सुमो चालक सुनसरी जिल्ला इनरुवा नगरपालिका निवासी २२ वर्षीय अनिल पण्डित भने भेटिएका छैनन् । उनी फरार छन् । सुमोमा चालकसहित चारजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए । “सुमो दुर्घटनाका बारेमा आज बिहानमात्र जानकारी प्राप्त भयो । घटनाको बारेमा थप अनुसन्धान गर्न जिल्लाबाट प्रहरी टोली परिचालन गरिएको छ । चालक भेटिएका छैनन् । दुर्घटनाको कारण खुल्न सकेको छैन ।”

उपचारमा पठाइएका बिरामीसहित एकै परिवारका तीनैजनाको मृत्यु भएको खबरले आफन्त तथा गाउँले शोकमा परेका छन् ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit