Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

कामना सेवा विकास बैंकद्वारा वालिङका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण

कामना सेवा विकास बैंकद्वारा वालिङका विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण
विज्ञापन
Advertisement

स्याङ्जा। कामना सेवा विकास बैंक लिमिटेडले स्याङ्जाको वालिङस्थित श्री बाल शिक्षा निकेतन आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री सहयोग गरेको छ।

विज्ञापन
Advertisement
Advertisement

बैंकको शाखा कार्यालय वालिङमार्फत आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनि रहेका विद्यार्थीहरूलाई स्टेशनरी सामाग्री वितरण गरिएको संस्थाले जनाएको छ।

विद्यालयको नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत १०० जना भन्दा बढी विद्यार्थीहरूले स्टेशनरी प्राप्त गरेका छन्। सो सामग्री बैंकका पोखरा क्षेत्र प्रमुख शिब कुमार ढकालले सामग्री हस्तान्तरण गरेको जारी विज्ञप्तिमा उल्लेख छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिमल अर्यालले बैंकको सहयोगप्रति आभार प्रकट गर्दै बैंकको उक्त सहयोगले विद्यार्थीको शैक्षिक गुणस्तर सुधारमा सहयोग पुग्ने धारण राखे ।

त्यसैगरी, बैंकका क्षेत्र प्रमुख ढकालले यस सहयोगले विद्यार्थीहरूको पठनपाठनमा थप सहजता र प्रेरणा मिल्ने विश्वास बैंकले लिएको बताए ।

कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि सरोकारवालाहरूसँगको समन्वय र सहकार्यमा यस्ता सामाजिक र वित्तीय साक्षरताका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। कार्यक्रममा बैंकका कर्मचारी, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit