Advertisement
Advertisement
Corporate Samachar
१० असार २०८३, बुधबार
Advertisement

ब्लु क्रस हस्पिटल र फिन्टारा सोलुसन्सबीच सम्झौता, स्वास्थ्य उपचार अब किस्ताबन्दीमा

ब्लु क्रस हस्पिटल र फिन्टारा सोलुसन्सबीच सम्झौता, स्वास्थ्य उपचार अब किस्ताबन्दीमा
विज्ञापन
Advertisement

काठमाडौं । काठमाडौंको प्रतिष्ठित बहु–विशेषज्ञता स्वास्थ्य संस्था ब्लु क्रस हस्पिटल र नेपालको अग्रणी डिजिटल फिन्टारा सोलुसन्स प्रा.लि. बीच एक महत्त्वपूर्ण रणनीतिक साझेदारी भएको छ।

विज्ञापन
Advertisement
Advertisement

यस सम्झौतासँगै अब बिरामीहरूले अस्पतालको बिल बिना कुनै अतिरिक्त ब्याज किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन्। यस सहकार्य अन्तर्गत ब्लु क्रस हस्पिटलमा उपचार गराउने बिरामीहरूले ५,००० भन्दा माथिको बिललाई तत्काल मासिक किस्तामा रूपान्तरण गर्न सक्नेछन्। यो सुविधा पूर्ण रूपमा डिजिटल, कागजरहित र शून्य ब्याजदरमा उपलब्ध हुनेछ। यो सीमा ५,००० देखि माथिको सबै स्वास्थ्य सेवा बिलहरूमा लागू हुनेछ । यस्तै, सेवाग्राहीले ३, ६, ९, १२, १५, र १८ महिनासम्मको लचिलो भुक्तानी विकल्प पाउनेछन् भने कुनै अतिरिक्त शुल्क तिर्नु पर्दैन ।अस्पतालकै काउन्टरबाट तत्काल डिजिटल प्रक्रियामार्फत उक्त सुविधा लिन सकिने जनाइएको छ।

फिन्टारा सोलुसन्ससँग आबद्ध रहेका नेपालका प्रमुख बैंकका क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यो सुविधा उपभोग गर्न पाउनेछन्। ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, कुमारी बैंक, सिटिजन्स इन्टरनेशनल बैंक, प्रभु बैंक र एनएमबी बैंकका ग्राहकले यो सुविधा लिन सक्नेछन् ।

हस्ताक्षर समारोहमा बोल्दै फिन्टारा सोलुसन्सका आशिष के शर्माले भने, ‘स्वास्थ्य उपचारका खर्चहरू अक्सर अचानक र अत्यावश्यक हुन्छन्। उपचार स्थलमै तत्काल शून्य-ब्याज किस्ता सुविधा दिएर हामी बिरामीलाई आर्थिक चिन्ताभन्दा स्वास्थ्य लाभमा ध्यान केन्द्रित गर्न सहयोग गर्दैछौँ।’

त्यस्तै, ब्लु क्रस हस्पिटलकी वित्तीय तथा प्रशासनिक निर्देशक सति देवी गौतम सिंहले यो मिसन गुणस्तरीय र किफायती स्वास्थ्य सेवा प्रदान गर्नु रहेको बताए । उनले भने,‘यो साझेदारीले बिरामीहरूलाई सम्मानजनक र सहज सुविधा दिने दिशामा नयाँ खुड्किलो थपेको छ।’

सन् १९९१ मा स्थापित ब्लु क्रस हस्पिटल त्रिपुरेश्वरमा अवस्थित छ, जसले तीन दशकदेखि आधुनिक स्वास्थ्य सेवा दिँदै आएको छ। यता फिन्टारा सोलुसन्सले नेपालमा डिजिटल एग्रिगेसनमार्फत १०० भन्दा बढी व्यापारी र विभिन्न बैंकहरूलाई एउटै सञ्जालमा जोडेर उपभोक्ताहरूलाई लचिलो भुक्तानीको सुविधा दिँदै आएको छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit