Advertisement
Advertisement
Corporate Samachar
३१ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गोल्याण् ग्रुप प्रतिवद्धता पूरा, सहिद परिवारलाई छात्रवृति र १० लाखको बीमा

गोल्याण् ग्रुप प्रतिवद्धता पूरा, सहिद परिवारलाई छात्रवृति र १० लाखको बीमा
विज्ञापन
Advertisement

काठमाडौं । गोल्याण ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारप्रति गरेको आफ्नो सामाजिक उत्तरदायित्वको प्रतिबद्धता पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको छ। ग्रुपले पहिलो चरणमा सहिदका सन्तानलाई शैक्षिक छात्रवृत्ति र दोस्रो चरणमा सहिदका आमा–बुवालाई १० लाख रुपैयाँसम्मको स्वास्थ्य बीमा उपलब्ध गराउने सम्झौता सम्पन्न गरेको हो।

विज्ञापन
Advertisement
Advertisement

२०८२ भदौ २३ र २४ को आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई सरकारले सहिद घोषणा गरेको थियो। सोही सन्दर्भमा गोल्याण ग्रुपले असोज २४ गते प्रेस विज्ञप्तिमार्फत ती परिवारको शिक्षा र स्वास्थ्यको जिम्मा लिने जनाएको थियो।

सोही अनुरुप संस्थाले ३१ बालबालिकालाई पूर्ण छात्रवृत्ति उपलब्ध गराउन लागेकोछ। ग्रुपले २२ जना सहिदका ३१ बालबालिकालाई वार्षिक अधिकतम ४ लाख ८० हजार रुपैयाँ (मासिक ४० हजार) सम्मको शैक्षिक छात्रवृत्ति प्रदान गरेको छ। यो सँगै मासिक शुल्क, भर्ना, खाना, छात्रावास, यातायात, पोसाक, पुस्तक तथा स्टेशनरी र अतिरिक्त क्रियाकलापको खर्च पनि संस्थाले व्यहोर्ने जनाएको छ।

हाल काठमाडौंका यूरो स्कुल, त्रिज्योति, गोल्डेन पिक, ललितपुरको डि.ए.भी., झापाको ग्रिन फिल्ड, चितवनको स्मल हेभन, पोखराको अर्ली चाइल्डहुड, बुटवलको स्कलर्स होम लगायतका प्रतिष्ठित विद्यालयहरूमा विद्यार्थीहरू अध्ययनरत छन्।

यसैगरी, शैक्षिक सहयोग आवश्यक नपर्ने २२ सहिद परिवारका ४३ जना आमा–बुवालाई गोल्याण ग्रुपले वार्षिक १० लाख रुपैयाँ बराबरको आजीवन स्वास्थ्य बीमा सुविधा प्रदान गरेको छ। बिहीबार आयोजित एक कार्यक्रमका बीच यससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरिएको हो । सो बारे गोल्याण ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्याणले सहिदले आफ्ना सन्तान र परिवारका लागि देखेका सपना पूरा गराउन शिक्षा र स्वास्थ्यको जिम्मेवारी लिएको बताए । ‘उनिहरुको बलिदानले मुलुकमा नयाँ प्रणालीको सुरुवात भएको छ, देशले परिवर्तन पाएको छ,’ उनले भने, ‘सदिहहरुको बलिदानको कुनै मूल्य हुँदैन, हामीले केबल सहिदहरुले आफ्नो परिवार र सन्तानको लागि देख्नुभएको सपना पूरा गर्ने जिम्मेवार लिएका हौं ।’

यसैगरी, ग्रुपकी कर्पोरेट अफेयर्स प्रमुख ज्योति गैह्रेले ‘एक परिवार, एक जिम्मेवारी’ लिने उद्देश्यले सहिद परिवारमा समर्पित शिक्षा र स्वास्थ्य कार्यक्रममा सहयोग गरेको बताइन् । ‘राम्रो शिक्षाले एउटा बालक आफूमात्र सक्षम हुँदैन उसले आफ्नो परिवार, समाज र समग्र देशलाई समेत योगदान दिनसक्छ,’ उनले भनिन्, ‘अनि छोराको मृत्युपछि सहारा गुमाएका सहिदका बुवा–आमालाई स्वास्थ्य बीमाले जीवनभर स्वास्थ्यको बोझ घटाउँछ, त्यसैले हामीले शिक्षा र स्वास्थ्यका दायित्व बहन गरेका हौं ।’

बीमा सम्झौता कार्यक्रममा जेनजी सहिद परिवार कल्याणकारी समाज अध्यक्षसमेत रहेका सहिद धिरज श्रेष्ठका बुवा नारायण श्रेष्ठले गोल्याण ग्रुपले सहिदको सम्मानमा गरेको सहयोगप्रति आभार व्यक्त गरे । ‘हाम्रा छोराहरुले सुशासनको लागि सहादत प्राप्त गरे, गोल्याणले त्यसको योगदानको सम्मान ग¥यो,’ उनले भने, ‘यो सहयोगलाई स्वर्गवासी सहिदहरुको आत्माले पक्कै पनि धन्यवाद भनिरहेको होला ।’

सहिद गौरव जोशीका मामा जगदीश भट्टले यस कार्यलाई ‘जिम्मेवार अभिभावकत्वको नमुना’ को रूपमा प्रशंसा गरे । ‘यस सहयोगले गोल्याण ग्रुप र सहिद परिवारबीच सहकार्यको सुरुवातमात्र भएको छैन,गोल्याणले एउटा जिम्मेवार अभिभावकको दायित्व निर्वाह गरेको छ,’ उनले भने ।

शैक्षिकवृत्ति र स्वास्थ्य बीमा कार्यक्रममा सहिद मिलन रायको परिवारमात्र समेटिएको छैन । उनका बालबच्चा र बुवाआमा नभएकोले कार्यक्रममको मापदण्डअनुसार नसमेटिएको ग्रुपले जनाएको छ। सहिद घोषणा नभए पनि परिवारसँग प्रतिवद्धता गरिसकिएकोले आन्दोलनको क्रममा ज्यान गुमाएका २ व्यक्तिका १ लाई शैक्षिक सुविधा र अर्का १ जनालाई स्वास्थ्य बीमा प्रदान गरिएको गोल्याण ग्रुपको कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख गैह्रेले जानकारी दिइन् ।

तस्विरहरुः स्वास्थ्य बीमा सम्झौता कार्यक्रममा गोल्याण ग्रुपका अध्यक्ष तथा प्रवन्ध निर्देशक
अक्षय गोल्याण सँग सहिद परिवारका सदस्यहरु ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit