Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पाथीभरा केबलकार निर्माण तत्काल रोक्न सांसदहरुको माग, कसले के भने ?

पाथीभरा केबलकार निर्माण तत्काल रोक्न सांसदहरुको माग, कसले के भने ?
विज्ञापन
Advertisement

काठमाडौं । सांसदहरुले प्रतिनिधि सभाको बैठकमा ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माण सम्बन्धी भइरहेको विवादलाई महत्वका साथ उठाएका छन् ।

विज्ञापन
Advertisement
Advertisement

बैठकको आकस्मिक समयमा बोलेका सांसदहरुले जनताले केबलकार निर्माणको प्रतिकार गर्न खोज्दा झडपको वातावरण बनेकाले समाधानका लागि आजै निर्माण रोक्नका सरकारको ध्यानाकर्षण गराए ।
पाथीभरा केबलकार निर्माणको विषयमा केही समय यता भैरहेको विभिन्न प्रर्दशन र घटनालाई लिएर सांसदहरूले शून्य समयमा प्रश्न उठाएका हुन् । शनिबार राति ताप्लेजुङको फुङलिङमा केबलकार निर्माणको विरोधी समूह र प्रहरीबीच झडप हुँदा सो क्रममा दुबै पक्षका केही मानिस घाइते भएका थिए।

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले केबलकार निर्माणका लागि सरकारले कानुनी रूपमा अनुमति दिएको बिर्सन नहुने स्मरण गराउँदै विरोध गर्ने अधिकार सबैलाई सुरक्षित भए पनि सभ्य, सम्य र शान्तिपूर्ण ढंगले गर्नुपर्ने धारणा राखे । भट्टराईले भने, ‘ नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ऐन कानुनअनुसार नै केबलकार निर्माणका लागि निजी क्षेत्रलाई अनुमति दिइएको हो। त्यस आधारमा नै काम अघि बढाइएको छ,’ उनले भने, ‘शनिबार राति दुर्भाग्यवश केबलकार विरोधी समूहले मसाल जुलुस निकाली ताप्लेजुङ बजार अशान्त बनायो । स्थानीयका घरमा आगजनी गरियो । सुरक्षाकर्मीमाथि आक्रमण गरियो ।’ भट्टराई सोही क्षेत्रका प्रतिनिधि समेत हुन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना बुझ्न नखोज्दा पाथिभारा रणमैदानमा परिणत भएको उल्लेख गर्दै व्यापारीको स्वार्थ पूर्ति गर्न समाजमा जनता लडाउने काम भएको आरोप लगाए । ‘सरकार किन अनदेखा गरेको? मन्त्री स्तरको वार्ता गर्न सरकार किन तयार नभएको? सांसद लिङ्देनले प्रश्न गरे । उनले पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि सरकारले योजना बनाएरै काम गरेको बताए ।
उनले भने, ‘सरकारी तवरबाटै पाथिभारा क्षेत्र व्यापारीको हातमा दिनका लागि योजनाबद्ध रुपमा काम भएको छ, सुरुमा कञ्चनजंघा संरक्षण क्षेत्रबाट पाथिभारालाई अलग गरियो, त्यसपछि व्यापारीलाई केबलकार बनाउन दिन निर्णय गरियो ।’ जनताको इच्छाविपरीत अहिले राज्यशक्ति लगाएर निर्माणकार्य अघि काम बढिरहेको बताउँदै उनले जनताले उक्त धार्मिक स्थलमा केबलकार नचाहेको र प्रतिकारमा उत्रिएको धारणा राखे । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि ताप्लेजुङको पाथीभरामा केबुलकार निर्माणकार्य तत्कालका लागि स्थगन गर्न माग गरेको छ । रास्वपा सांसद तोसिमा कार्कीले पार्टीको तर्फबाट अनुरोध गर्दै भनिन् ‘त्यहाँ भइरहेको निर्माण कार्यलाई तत्कालको लागि स्थगन गरेर सम्पूर्ण सरोकारवाला पक्षहरू, समर्थक पक्ष, आन्दोलित पक्ष, आयोजक पक्ष र नागरिकहरूसँग संवाद गरेर वार्ता मार्फत यो विषयलाई सम्बोधन र समाधान गरियोस्।’

प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद रामकुमार राईले संरक्षित क्षेत्रको जग्गा निजी क्षेत्रलाई दिइएको प्रति प्रश्न गरे। ‘केबलकार निर्माणका लागि सरकारले कुन आधारमा निजी क्षेत्रलाई जग्गा दियो? हिजोको झडपमा प्रहरी र प्रदर्शनकारी दुबैतर्फ घाइते भएका छन् । सरकार यसबारे जवाफ दिन तयार छ कि छैन?।’ सांसदहरूले विवादलाई तत्काल वार्तामार्फत समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit