Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सैनिक कल्याणकारी कोषको सम्पत्ति ८७ अर्ब, लगानी मात्रै साढे सात अर्ब नाध्यो

सैनिक कल्याणकारी कोषको सम्पत्ति ८७ अर्ब, लगानी मात्रै साढे सात अर्ब नाध्यो
विज्ञापन
Advertisement

काठमाडौं । नेपाली सेनाको ‘सैनिक कल्याणकारी कोष’मा जम्मा भएको सम्पत्ति ८७ अर्ब नाघेको छ ।

विज्ञापन
Advertisement
Advertisement

५८ वर्ष अगाडी ( २०३२ सालमा)  एक करोड २४ लाख रुपैयाँबाट सुरु गरिएको उक्त कोषमा चालु आवको पुस मसान्तसम्ममा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको हो ।

नेपाली सेनाले आज पत्रकार सम्मेलन गर्दै उक्त सम्पत्तिमध्ये ७९ अर्ब २८ करोड ५६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थामा नगद मौज्दात रहेको जनाएको छ । सात अर्ब ७२ करोड ४४ लाख रुपैयाँ भने विभिन्न परियोजनामा लगानी गरिएको सेनाले जानकारी गराएको हो । नेपाली सेनाका अनुसार स्वास्थ्य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रि–चन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ लगानी रहेको उल्लेख छ ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखभन्दा बढी सेवाग्राहीले सेवा तथा लाभ प्राप्त गरिरहेका छन् ।
तर सेनाले निक्षेपको प्रतिशतमा आएको गिरावटले सेवाग्राहीलक्षित कल्याणकारी कार्य तथा सार्वजनिक दायित्वहरू प्रभावित पार्ने देखिएको जनाएको छ । सेनाका अनुसार सेवाग्राहीहरूको जीवनस्तरमा सुधार ल्याउन शिक्षा, स्वास्थ्य, सीप र स्वःरोजगार तथा सुविधा र सहुलियत समेत गरी चार ‘स’ को अवधारणालाई आधार मानी कल्याणकारी कार्यहरू सञ्चालन हुँदै आएका छन् । कोषको संरक्षक प्रधानमन्त्री र सह–संरक्षक रक्षामन्त्री रहने व्यवस्था छ।

सैनिक कल्याणकारी कोषको आयस्रोत बैंकमा निक्षेप गरिएको रकमबाट प्राप्त हुने व्याज, शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम र सकल दर्जाको भत्ताबापत रकम कट्टा गरी जम्मा हुनआउने रकमका साथै अन्य विभिन्न आयमूलक कार्यहरूबाट संकलित रकम रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit