Advertisement
Advertisement
Corporate Samachar
३० असार २०८३, मंगलवार
Advertisement

आज मानवले पहिलोपटक सगरमाथा चुमेको दिन, सगरमाथा दिवस मनाइँदै

आज मानवले पहिलोपटक सगरमाथा चुमेको दिन, सगरमाथा दिवस मनाइँदै
विज्ञापन
Advertisement

काठमाडौं । आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रमका साथ सगरमाथा दिवस मनाइँदैछ। विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक मानवले सफलतापूर्वक आरोहण गरेको ऐतिहासिक दिनको सम्झनामा हरेक वर्ष मे २९ मा यो दिवस मनाउने गरिन्छ।

विज्ञापन
Advertisement
Advertisement

सन् १९५३ मा एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको सफल आरोहण गर्दै विश्व पर्वतारोहण इतिहासमा नयाँ अध्याय थपेका थिए। त्यसयता सगरमाथा नेपालको पहिचान, गौरव र पर्यटनको प्रमुख आधारका रूपमा स्थापित हुँदै आएको छ।

नेपालमा रहेका हिमशृङ्खलामध्ये सगरमाथा विश्वभरका पर्वतारोहीको प्रमुख आकर्षणको केन्द्र मानिन्छ। हालसम्म हजारौँ स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरिसकेका छन्। विश्वका १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमालमध्ये आठ वटा नेपालमै अवस्थित हुनु नेपालको विशेषता हो।

सन् २०२१ मा नेपाल र चिनले संयुक्त रूपमा गरेको पुनःमापनपछि सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर कायम गरिएको थियो।

सगरमाथा दिवसको अवसरमा विभिन्न सरकारी निकाय, पर्यटन व्यवसायी, पर्वतारोहणसम्बन्धी संस्था तथा स्थानीय तहहरूले हिमाली पर्यटन प्रवद्र्धन, सुरक्षित आरोहण र वातावरण संरक्षणसम्बन्धी कार्यक्रम आयोजना गरि मनाउने गर्दछन् ।

पछिल्लो समय हिमाली क्षेत्रमा बढ्दो जलवायु परिवर्तनको असर, हिउँ पग्लिने समस्या र हिमताल विस्फोटको जोखिमलाई ध्यानमा राख्दै सरोकारवालाले हिमाली क्षेत्र संरक्षणमा विशेष जोड दिएका छन्।

पर्वतीय पर्यटन नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार मानिन्छ। हिमाल हेर्न, पदयात्रा गर्न तथा आरोहणका लागि हरेक वर्ष विश्वका विभिन्न मुलुकबाट हजारौँ पर्यटक नेपाल आउने गरेका छन्। सगरमाथाले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन क्षेत्रमा विशिष्ट परिचय दिलाउन महत्वपूर्ण भूमिका खेलेको मानिन्छ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit