Advertisement
Advertisement
Corporate Samachar
१२ जेष्ठ २०८३, मंगलवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त पदमा ४ हजारभन्दा बढी आवेदन

पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त पदमा ४ हजारभन्दा बढी आवेदन
विज्ञापन
Advertisement

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालय अन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८ जनाले आवेदन परेको हो ।

विज्ञापन
Advertisement
Advertisement

आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा ८५५, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५७८, पशुपति क्षेत्र विकास कोषमा ४७६, लुम्बिनी क्षेत्र विकास कोषमा ४६५, नेपाल प्रज्ञा प्रतिष्ठानमा ४३८, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६ जनाले आवेदन दिएका छन् ।

यस्तै, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा १८६, ललितकला प्रज्ञा प्रतिष्ठानमा १६६, सांस्कृतिक संस्थानमा १५१, नेपाल पर्यटन, होटल तथा पर्वतीय प्रतिष्ठानमा १४९ र नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा ४६ जनाको उम्मेदवारी परेको छ ।

यसैगरी, बौद्धनाथ क्षेत्र विकास समिति, तारा गाउँ विकास समिति, पाटन सङ्ग्रहालय लगायत अन्य निकायमा पनि उल्लेख्य आवेदन परेको छ । सबै आवेदनको मूल्याङ्कन समितिद्वारा अध्ययन तथा छानबिन भइरहेको मन्त्रालयले जनाएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit