Advertisement
Advertisement
Corporate Samachar
२३ असार २०८३, मंगलवार
Advertisement

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा विस्तार

सिटिजन्स बैंकको नयाँ शाखा ललितपुरको हरिसिद्धीमा विस्तार
विज्ञापन
Advertisement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा विस्तार गरेको छ । यससँगै काठमाडौं उपत्यकाभित्र बैंकको ४० वटा शाखाहरु र बागमती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा आएका छन्। आइतबार हरिसिद्धीमा बैंक संचालक समितिका अध्यक्ष प्रबल जंग पाण्डेले नयाँ शाखा शुभारम्भ गरे । अध्यक्ष पाण्डेले ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पुर्‍याउँदै ग्राहकको विश्वास र समर्थन जित्ने विस्वास व्यक्त गरे । नयाँ शाखा सञ्चालनमा आएसँगै हरिसिद्धी वरपरका ग्राहकहरूलाई पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्न शाखाका कर्मचारीहरूलाई अध्यक्ष पाण्डेले आग्रह गरे ।

विज्ञापन
Advertisement
Advertisement

सुविधा सम्पन्न शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा मझौला व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्‍याउँदै लक्ष्य बैंकले राखेको जनाएको छ । बैंकले नयाँ शाखा संचालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पोरेट मोबाइल बैंकिङ्ग र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरु पहिलो वर्ष निशुुल्क गर्ने जनाएको छ । यस्तै, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा समेत एक वर्ष सम्म छुटको व्यवस्था रहेको छ । लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५ प्रतिशत र लकर शुुल्कमा ५० प्रतिशत छुट उपलब्ध गराएको उल्लेख छ।

बैंकले ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit