Advertisement
Advertisement
Corporate Samachar
१७ जेष्ठ २०८३, आईतवार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला

महाशिवरात्रिमा कृषि प्रदर्शनी मेला
विज्ञापन
Advertisement

काठमाडौं । महाशिवरात्रिका अवसर पारेर बैतडीका दुई स्थानमा कृषि प्रदर्शनी मेला लाग्ने भएको छ । डिलासैनी गाउँपालिकाको हरिनगरमा यही फागुन १४ गतेदेखि तीन दिनसम्म कृषि प्रदर्शनी मेला लाग्ने भएको हो । मेलामा गाउँपालिकाभित्रका किसानद्वारा उत्पादित कृषि उपज ल्याएर बिक्री गर्न सकिने जनाइएको छ ।

विज्ञापन
Advertisement
Advertisement

त्यसैगरी, पाटन नगरपालिका–६, स्वर्गिनी पीपलधाममा सोही दिन एकदिने कृषि प्रदर्शनी मेला लाग्ने आयोजक पाटन भ्याली क्रिकेट क्लबका सचिव सन्तोष जोशीले जानकारी दिए । किसानले ल्याउने उपजलाई बजारीकरणका लागि स्टल निःशुल्क रहेको र राम्रो कृषि उपज उत्पादन गरेका किसानलाई पुरस्कारको व्यवस्था गरिएको डिलासैनी गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए ।

मेलामा स्थानीय कृषि उत्पादनको प्रवर्द्धन गर्नाका साथै नवप्रवर्तन र सीप आदान–प्रदानलाई प्रोत्साहित गरिने आयोजकले जनाएको छ । मेलामा खाद्यान्न बाली, दलहन तथा नगदे बाली, फलफूल बाली, तरकारी बाली, आलु बाली, मसला बाली, तेलहन बाली, लहरे बाली, च्याउलगायत कृषिजन्य सामग्रीहरूको प्रदर्शन गरिनेछ ।

प्रदर्शनीमा सहभागी कृषिजन्य वस्तुहरुको प्रत्येक बाली समूहमा प्रथम, द्वितीय, तृतीय हुनेलाई क्रमशः दुई हजार, एक हजार पाँच सय र एक हजार रुपैयाँ
पुरस्कार प्रदान गरिने डिलासैनी गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit