Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

झापामा चैत धान रोप्न प्रविधिको प्रयोग गरिँदै

झापामा चैत धान रोप्न प्रविधिको प्रयोग गरिँदै
विज्ञापन
Advertisement

काठमाडौं । झापको आठ वटा पालिकामा कृषि ज्ञान केन्द्रले प्रविधिको प्रयोग गरेर ४८ बिघा जमिनमा यसवर्ष परीक्षणका लागि चैते धान रोप्ने भएको छ।

विज्ञापन
Advertisement
Advertisement

परम्परागत खेती भन्दा मेसिनरीको प्रयोगले गरेको खेती सस्तो र उत्पादन समेत बढी हुने कुरा किसानलाई प्रत्यक्ष जानकारी दिने उद्देश्यले कृषि यान्त्रिकीकरण प्रदर्शन कार्यक्रम अन्तर्गत मेसिनबाट चैते धान रोपाइँ (प्रविधि प्रदर्शन) गर्न लागेको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिएका छन्।

उनका अनुसार स्थानीय पालिकाहरूको सहयोगमा कृषक समूहरुको छनोट गरी केन्द्रले धमाधम हर्दिनाथ–१ चैते धानको ब्याड राख्न सुरु गरेको छ। छनोटमा माईपश्चिमबाट गौरीगञ्ज गाउँपालिका–९ को स्यालडाँगी उद्यमशील कृषक समूह, गौरादह नगरपालिका–९ को अजम्बरी कृषक समूह, शिवसताक्षी नगरपालिका–३ को विनायक कृषक समूह र कमल गाउँपालिका–१ को पिपलगाँछी कृषक समूह परेको उनले जानकारी दिएका छन्।

यसैगरी माईपूर्व बुद्धशान्ति गाउँपालिका–३ को दिपज्योति कृषक समूह, अर्जुनधारा नगरपालिका–३ स्थित सिर्जना कृषक समूह, भद्रपुर नगरपालिका–३ को आपगाछी कृषि तथा पशुपालन फार्म र हल्दिबारी गाउँपालिका–४ स्थित अमराघुट्टु कृषक समूह अन्तरगत कृषियन्त्र प्रयोग प्रदर्शन गरिने भएको छ।

उनले नेपाल बहुउद्देश्यीय सहकारी संस्थाद्वारा सञ्चालित एनएमसी कृषि फार्मसँग भाडामा लिएर कृषि उपकरण किसानलाई निःशुल्क उपलब्ध गराइएको बताए। उनले प्रत्येक कृषक समूहलाई छ बिघाको दरले सो धान खेती गराउने जानकारी दिए। उनले कृषक समूहलाई निःशुल्क धानको बिउ, ब्याड राख्ने ट्रे र धान रोप्ने मेसिन उपलब्ध गराइएको बताए। प्रमुख विष्टले मल, खनजोत र बालीको रेखदेख किसान स्वयम्ले गर्नुपर्ने बताउँदै ट्रेमा राखिएको बिउ मर्न थालेमा आवश्यकता अनुसार विषादिसमेत निःशुल्क उपलब्ध गराउने बताए।

उनले तोएिका समूहमध्ये अधिकांशले ब्याड राख्ने काम गरिरहेको बताए। १५० वटा ट्रेमा उमारिएको विउले एक बिघा जमिनलाई पुग्ने र यो धान बिउ राखेको दिनदेखि १२० दिनमा पाक्ने उनको भनाइ छ। केन्द्रका अनुसार धानको बिउ राखेको २५ दिनमै खेतमा राप्ने सकिने छ। रासस

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit