Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

गलेश्वरमा ५१ लाख भेटी सङ्कलन, महाशिवरात्रिमा मात्रै उठ्यो चार लाख

गलेश्वरमा ५१ लाख भेटी सङ्कलन, महाशिवरात्रिमा मात्रै उठ्यो चार लाख
विज्ञापन
Advertisement

काठमाडौं ।  म्याग्दी जिल्लाको बेनी नगरपालिका –९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म ५१ लाख रुपैयाँ बढी भेटी सङ्कलन भएको छ ।

विज्ञापन
Advertisement
Advertisement

गत साउनदेखि यहीँ फागुन १४ गतेसम्म पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले ५१ लाख २२ हजार एक सय ५३ रुपैयाँ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ ।

कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले यो वर्ष भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए । उनका अनुसार गत आव २०८०र८१ मा ५८ लाख ४० हजार पाँच सय १० भेटी सङ्कलन भएको थियो ।

यस वर्ष नियमिततर्फ २५ लाख १५ हजार पाँच सय ४७ रुपैयाँ तथा मेलापर्व र विशेष अवसरमा गरी २६ लाख छ हजार छ सय छ रुपैयाँ भेटी सङ्कलन भएको रेग्मीले जानकारी दिए ।  बुधबारको महाशिवरात्रि पर्वमा चार लाख ३३ हजार सात सय ७४, मङ्सिरको बालाचर्तुदशीमा छ लाख ६१ हजार दुई सय ९४ रुपैयाँ र साउने सोमबारको मेलामा १५ लाख ११ हजार पाँच सय ३८ रुपैयाँ भेटी सङ्कलन भएको कोषका कोषाध्यक्ष कुमारी पुनले जानकारी दिए ।

शिवरात्रि पर्वको भेटी आज बिहान कोषका पदाधीकारी, जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधिको उपस्थितिमा गनेर सार्वजनिक गरिएको हो । अन्य शीर्षकमा २१ लाख ४२ हजार पाँच सय २९ रुपैयाँ सहित कोषले साउनदेखि हालसम्म ७२ लाख ६४ हजार छ सय ८२ रुपैयाँ आम्दानी गरेको कोषका कार्यालय सचिव राम बानियाँले बताए ।

मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुुजारी, ज्येष्ठ नागरिकको आश्रमका भान्सेको तलबका साथै संस्कृत विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने गरिएको सचिव बानियाँले बताए ।

नियमित पूजाबाट तथा महायज्ञबाट सङ्कलन भएको भेटी, तीर्थयात्रीद्वारा दिइएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब ११ करोडको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको कोषका उपाध्यक्ष बमबहादुर पुनले बताए । उनका अनुसार धर्मशाला, सभाहल, वाटिका, यज्ञशाला, पाठशाला, पुजारी निवास, भोजनालय, कालीगण्डकीसम्म पुग्ने मार्ग, एक सय आठ शिवलिङ्ग, जडभरत, नटराज र लक्ष्मी नारायणको मूर्ति स्थापनालगायत भौतिक संरचना निर्माण भएका हुन् ।

कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । हिन्दुधर्म ग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्ने गर्दछ । साथै यहाँ दैनिक नित्य पूजाआजा हुने गर्दछ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेको छ ।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit