Advertisement
Advertisement
Corporate Samachar
२८ जेष्ठ २०८३, बिहीबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

नेपाल लाइफले ल्यायो ‘छुट्ला है छुट’ योजना, बीमा नविकरण विलम्ब शुल्कमा ५० प्रतिशत छुट

नेपाल लाइफले ल्यायो ‘छुट्ला है छुट’ योजना, बीमा नविकरण विलम्ब शुल्कमा ५० प्रतिशत छुट
विज्ञापन
Advertisement

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले बिहीबार ‘छुट्ला है, छुट’ योजना ल्याएको छ ।

विज्ञापन
Advertisement
Advertisement

यो योजना अन्तर्गत कम्पनीले साढे तीन महिनामा बीमितहरुलाई बीमाशुल्क नविकरण गर्दा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ ।

‘बीमितहरुले भुक्तानी गर्नुपर्ने नविकरण बीमाशुल्क भुक्तानी नगरि १८० दिन भन्दा माथि व्यतित भएका बीमालेखहरुमा मिति २०८१/११/१५ देखि २०८२/०२/१३ गते सम्म नविकरण बीमाशुल्क भुक्तानी गरी सुचारु गरेमा बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुट प्रदान गरिने छ’ कम्पनीले भनेको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कम्पनी २५ औं वर्षमा प्रवेश गर्दै गरेको अवसरमा यो आकर्षक योजना सार्वजनिक गरेको बताए । उनले बीमितहरूको हितलाई मध्यनजर गर्दै एक पटकको लागि योजना सार्वजनिक गरिएको उल्लेख गरे ।

उनले  बीमालेखहरुको नविकरण बीमाशुल्क भुक्तानी गरी बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ५० प्रतिशत छुटको लाभ उठाउन आग्रह गरे ।

 

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit