Advertisement
Advertisement
Corporate Samachar
८ जेष्ठ २०८३, शुक्रबार
Advertisement
Advertisement
विज्ञापन
Advertisement

एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित

एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित
विज्ञापन
Advertisement

काठमाडौं । नेपालमा दूरसञ्चार क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको बहुराष्ट्रिय कम्पनी एनसेल ‘द एचआरएम अवार्ड फर कर्पोरेट एक्सिलेन्स–२०२४’ बाट सम्मानित भएको छ। मंगलबार आयोजित चौथो एचआरएम कर्पोरेट एक्सिलेन्स अवार्ड समारोहमा बहुराष्ट्रिय कम्पनीको विधामा उत्कृष्ट बन्दै एनसेलले यो प्रतिष्ठित अवार्ड हात पार्न सफल भएको हो।

विज्ञापन
Advertisement
Advertisement

एनसेलका मार्केटिङ, कम्युनिकेशन एन्ड सस्टेनेविलिटी इन्टरिम डाइरेक्टर विषाखालक्ष्मी खड्का र एचआर म्यानेजर सुकान्त अधिकारीले अवार्ड ग्रहण गरेका छन्। कम्पनीका अनुसार, यो सम्मानले पछिल्लो दुई दशकदेखि नेपाल र नेपालीलाई दूरसञ्चार सेवाले जोड्न एनसेलले गरेको अनवरत प्रयास र समर्पणलाई दर्शाउँछ।

एनसेलले यो अवार्ड व्यवसायिक उत्कृष्टताको मान्यता भएको उल्लेख गर्दै कम्पनीले सबै पक्षमा उत्कृष्टता प्रदान गर्ने प्रतिबद्धता दोहोर्याएको छ। साथै, कर्पोरेट क्षेत्रका लागि उच्च मापदण्ड कायम राख्न आफूहरू सधैं प्रतिबद्ध रहेको जनाएको छ। एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा, एनसेलले विभिन्न कर तथा शुल्क शीर्षकमा गत आर्थिक वर्ष २०८०–८१ सम्ममा रु. ३२० अर्बभन्दा बढी राजस्व राज्यलाई योगदान गरिसकेको छ। साथै, व्यावसायिक सामाजिक जिम्मेवारी (CSR) अन्तर्गत रु. २ अर्बभन्दा बढीका परियोजनाहरू सञ्चालन गर्दै मुलुकको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ।

नेपालको कर्पोरेट क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने प्रयासस्वरूप एनसेलको यो उपलब्धि दूरसञ्चार क्षेत्रमा कम्पनीको प्रभावकारी उपस्थितिको प्रमाण हो।

साझा: Facebook X WhatsApp Telegram
कर्पोरेट समाचार

कर्पोरेट समाचार

Reporter

सबै लेख हेर्नुहोस्
विज्ञापन
Advertisement
Advertisement
Advertisement

Powered By: Nectar Digit